नेप्से र सिडिएससिको १०० % लाभांश घोषणा

प्रकाशित मिति:

नेपाल स्टक एक्सचेन्ज(नेप्से) र केन्द्रीय निक्षेप प्रणाली (सिडिएससि)ले शत प्रतिशत लाभांश घोषणा गरेका छन्। नेप्सेले आफ्नो चुक्ता पूँजी एक अर्ब रुपैयाँ बराबरको शतप्रतिशत हुन आउने एक अर्ब रुपैयाँ लाभांश घोषणा गरेको छ भने सिडिएससिले पनि आफ्नो कुल चुक्ता पूँजीको शतप्रतिशत हुन आउने रकम लाभांश घोषणा गरेकाे छ ।

नेपाल स्टक एक्सचेन्जले पुस २९ गते साधारणसभा डाकेको छ। उसले आफ्नै कार्यालयमा बिहान ११ बजे साधारणसभा गर्ने छ। यता सिडिएससिले भने एक दिन अगावै साधारणसभा डाकेको छ। यसले पुग २८ गते साधारणसभा गर्दै छ। सिडिएससिले पनि आफ्नै कार्यालयमा बिहान ११ बजे साधारणसभा गर्ने छ।