काठमाडौं, पुस ८ – फ्रान्सेली नागरिक चार्ल्स शोभरालाई नेपालबाट ‘डिपोर्ट’ गरिएको छ । सर्वोच्चको आदेशपछि रिहा भएका शोभराजलाई अध्यागमन विभागले शुक्रबार ‘डिपोर्ट’ गरी फ्रान्स पठाएको हो । शोभराजलाई साँझ ६ बजेको क्यूआर–६४७ उडानमार्फत स्वदेश फिर्ता पठाइएको अध्यागमन विभागले जनाएको छ । विभागले शोभराजलाई १० वर्ष नेपाल प्रवेशमा रोक लगाउने निर्णय समेत गरेको छ ।
‘बिकिनी किलर’ को उपनामले चिनिने शोभराज १९ वर्षदेखि नेपालको कारागारमा थिए । नेपाल घुम्न आएका क्यानेडियन महिला क्यारियरे लरेन्ट र अमेरिकन नागरिक कोन्नी जो ब्र्रोन्जीचको हत्या आरोपमा उनी दोषी ठहर भएर थुनामा बसेका थिए । शोभराजलाई पुस ६ मा सर्वोच्च अदालतले कैद सजाय घटाएर रिहा गर्न आदेश गरेको थियो ।












