देउवाकै नेतृत्वमा सरकार बनाउन कांग्रेस महिला सांसदहरूको सुझाव

प्रकाशित मिति:

काठमाडाैं, पुस  : नेपाली कांग्रेसका महिला सांसदहरुले पार्टी सभापति शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बनाउन सुझाव दिएका छन्।शनिबार बालुवाटारमा प्रधानमन्त्री एवं पार्टी सभापति देउवासंग छलफल गर्दै उनीहरुले अहिलेको अवस्थामा गठबन्धनभित्रैबाट सरकार गठन हुनुपर्ने र पहिले सरकारको नेतृत्व कांग्रेसले नै गर्नुपर्ने सुझाव दिएका हुन्।

निर्वाचनमा कांग्रेस सबैभन्दा ठुलो दल बनेका कारण पनि अवको सरकारको नेतृत्व कांग्रेसले नै गर्नुपर्ने कांग्रेस सांसद रमा कोइराला पौड्यालले जानकारी दिइन्।उनले निर्वाचनमा जादा गठबन्धनसंगै मत मागेकाले गठबन्धन बाहिरबाट सरकार बनाउन नहुनेमा आफुहरुको जोड रहेको बताइन्।छलफलका क्रममा देउवाले गठबन्धनबीच समझदारीपूर्वक छलफल भइरहेको जानकारी गराएका थिए। आइतबारसम्ममा गठबन्धनभित्र सहमति जुट्ने सभापति देउवाले बताएको सांसद रमा कोइराला पौड्यालले जानकारी दिइन्।