बुटवल, ९ पुस । रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा मंसिर १५ देखि २८ गतेसम्म जारी दोस्रो तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ सकिएपछि मेला स्थल सरसफाई गरिएको छ ।मेला आयोजक तिलोत्तमा उद्योग ब्यापार संगठनले मेला स्थल मणिग्रामको मैदान सफा गरेको हो । सचिवालयका अन्य काम सकेर शनिबार संगठनले मेला स्थल सरसफाई गरिएको संगठनका अध्यक्ष प्रेम जीएमले जानकारी दिए ।
जीएमका अनुसार मेला स्थल भाडामा दिएका जग्गाधनीसंग पुस १५ गतेभित्र मेला स्थल सफाइ गरेर छोड्ने सहमति भएअनुसार मेला स्थल सरसफाई गरिएको हो । मेला स्थलमा रहेका फोहर बोरामा संकलन गरी ब्यवस्थापन गरिएको छ । आयोजक तिलोत्तमा उद्योग ब्यापार संगठनको कार्यसमिति तथा मेला आयोजक उपसमितिका संयोजकहरुले आफै मेला स्थल सरसफाई गरेका हुन् । १५ करोडको आर्थिक कारोबार गर्दै मेला मंसिर २८ गते सकिएको थियो ।












