एकीकृत समाजवादी सरकारमा सहभागी नहुने

प्रकाशित मिति:

काठमाडौं, पुस  – नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी नहुने भएको छ। गठबन्धन टुटेसँगै आज ९आइतबार० बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा नजाने निर्णय गरेको प्रवक्ता जगन्‍नाथ खतिवडाले जानकारी दिए।

प्रचण्डको नेतृत्वमा सरकार बनाउने निर्णय भएपछि एकीकृत समाजवादी सचिवालय बैठक बसेको थियो। आइतबार नै एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा भएको बैठकले सात दलको सहमति र १६६ सांसदको समर्थनमा दाहाललाई प्रधानमन्त्री बनाउने निर्णय गरेको थियो। बैठकले पछिल्लो विकासित राजनीतिक घटनाक्रमलाई गम्भीरतापूर्वक लिने र उपयुक्त समयमा आधिकारिक धारणा बनाउने तर अहिले ‘पर्ख र हेर’को नीति अबलम्बन गर्नेप्रवक्ता खतिवडाले बताए।