बुटवल , पुष । राष्ट्रिय भूमि आयोग रुपन्देहीले अब्यवस्थित बसोबासीहरुको लागि जग्गाधनी प्रमाणपुर्जा वितरण गर्न सुरु गरेको छ । नाप चाँजको काम सकिएको अब्यवस्थित बसोबासीहरुको जग्गाधनी प्रमाणपुर्जा ( लालपुर्जा ) वितरण सुरु गरेको हो । आयोगले बुटवल उपमहामनगरपालिका र मायादेवि गाउँपालिकाबाट लालपुर्जा वितरण सुरु गरेको छ । बुटवल उपमहानगरपालिकामा आज एक कार्यक्रमको आयोजना गरी १८ जना जग्गाधनीलाई लालपुर्जा वितरण गरेको हो ।
बुटवल वडा नं. १९ का १२ र मायादेवि वडा नं. ८ का ६ जना जग्गाधनीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरीको भूमि आयोग रुपन्देहीका अध्यक्ष हरि बहादुर आचार्यले जानकारी दिए । जिल्लामा करिब १ लाख अब्यवस्थित, सुकुम्बासी तथा भूमिहिन रहेको बताउँदै उनले अहिले ३ हजार जग्गाधनीको लालपुर्जा तयार भएको बताए । जिल्लाको बुटवल देवदह, सैनामैना , कञ्चन , मायादेवि ,शिद्धार्थनगरमा नापँजाच सकिएर लालपुर्जा वितरणको अन्तिम चरणमा रहेको आचार्यले बताए । लालपुर्जा तयार भएपनि सरकारले लिने राजश्व बढी हुँदा जग्गाधनी वितरणमा कठिनाई भईरहेको बताउँदै उनले सरकारले राजश्वको दायरालाई कम गर्नुपर्ने शुझाँब दिए । राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले स्थानीय तहको सहकार्यबाट नै अब्यवस्थित जग्गाको नापँचाज भएर लालपुर्जा वितरण गर्न सफल भएको बताए । जनतालाई जग्गाको मालिक हुने अधिकार संविधानमा नै ब्यवस्था भएका कुरालाई ऐन नियमबाट लागू गर्दै आयोगले काम गरेको उनले बताए । चुनाव अघी नै लालपुर्जा तयार भएको बताउँदै निर्वाचन आचारसंहिताले गर्दा वितरण गर्न नसकेको निरौंलाले बताए । भूमि आयोग र स्थानीय तहको समन्वयनबाट नै जग्गाको नापँचाज हुँदै लालपुर्जा वितरण सम्भब भएको उनले बताए ।
बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले अब्यवस्थित जग्गाको ब्लक छुट्टाईएको र नापँचाज भएका जग्गाको विधि, प्रक्रिया कानुन अनुसार लालपुर्जा वितरण गरिएको बताए । बुटवलमा अब्यवस्थित समस्या धेरै रहेको बताउँदै राष्ट्रिय भूमि आयोगले आफ्नो कामलाई तिव्रता दिएर जनतालाई आफ्नो जग्गाको मालिक बनाउनु पर्नेमा जोड दिए । बुटवलमा करिब ३० हजार जना अब्यवस्थिती रुपमा बसोबासमा रहेको उपमहानगपालिकाले जनाएको छ । मायादेवि गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष चोक बहादुर थापाले भूमि आयोगले तिव्र गतिमा काम गर्दा नै अब्यवस्थित भएकालाई ब्यवस्थित गराउन सफल भएको बताए । आयोगका बिज्ञ सदस्य बन्द्र आलमले निर्वाचन आचारसंहिताले गर्दा काम गर्न ४ महिना ढिलाई भएको बताउँदै रुपन्देहीका १० वटा पालिकामा आयोगले कामलाई तिव्रता दिएको बताए । रुपन्देहीका ८ वटा पालिकाकामा नापि र श्रेष्तापुर्जाको काम भईरहेको जानकारी दिए ।
नेपाली काँग्रेस क्षेत्र नं. २ का कार्यबाहक सभापति फर्सुराम ढकालले ब्यवस्थित बसोबासीलाई ब्यवस्थित गर्नको लागि सरकार गम्भिर हुनुपर्नेमा जोड दिए । नेकपा एमालेका जिल्ला सदस्य ऋषिराम पाण्डेयले आयोग गठन र विघटनको खेलले गर्दा लामो समयदेखि बसोबास गरेका जग्गाधनीले लापुर्जा प्राप्त गर्न नसकेको गुनाशो पोखे । नेकपा माओबादी केन्द्रका जिल्ला अध्यक्ष निमर्ल क्षेत्रीले अब्यवस्थित बसोबासीको समस्या सामाधानको लागि सरकारले गम्भिर भएर काम गर्नु पर्ने बताए । यस्तै कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टिका टामबहादुर खत्री, मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष गोबिन्द खनाल , जग्गा धनी माया पाण्डेय , नापि अधिकृत कपिल ज्ञवाली लगायतले बोलेका थिए । अब्यस्थित बसोबासमा रहेका स्थानीयले जग्गाधनी पाउँदा खुशी भएका थिए । केशव निरौलाको अध्यक्षतामा गठन भएको २२औं आयोगले रुपन्देहीमा लालपुर्जा वितरण गर्न सुरु गरेको हो ।












