नेपाल बैंकर एसोसिएसन लुम्बिनीको संयोजकमा नविन बिष्ट

प्रकाशित मिति:

बुटवल, पौष । नेपाल बैंकर एसोसिएसनएनबिए लुम्बिनी प्रदेशको संयोजकमा एनएमबि बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख( नविन बिष्ट चयन हुनुभएको छ ।एशोसियसनको स-संयोजकमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख- सुमिर शम्सेर जबरा चयन हुनुभएको छ । एशोसियसनको सदस्य सचीवमा हिमालयन बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख अनुसुया बस्न्यात चयन हुनुभएको छ।

एशोसिएसनको प्रदेश सदस्यहरुमा प्रभु बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख-सुवास कुवर, नेपाल एसबिआइ बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख- शिव दाहाल, नेपाल बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख- सुशील कुमार नेपाल चयन हुनुभएको छ । संयोजकका रुपमा चुनीनुभएका नविन बिष्ट झन्डै डेड दशक देखि बैँकिङ्ग क्षेत्रमा कार्यरत रहनुभएको छ । नवनियुक्त संयोजक बिष्टका अनुसार एशोसिएसनले आगामी दिनहरूमा लुम्बिनी प्रदेशमा अन्तरबैंक सम्बन्ध एवं लुम्बिनी प्रदेशमा रहेका बैंकका कर्मचारीहरु बीच दिगो सम्बन्ध स्थापित गर्ने एवं वित्तीय साक्षरता र संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत स्वास्थ्य तथा शिक्षा क्षेत्रसँग सम्बन्धित कार्यक्रमहरू ल्याइने जानकारी गराउनु भएको छ ।