देशमा चिसो बढेसंगै शिक्षण क्रियाकलापनमा प्रभाव पर्न सक्ने र विशेष गरेर दलित र जनजातिहरुको बाहुलयता भएको बस्तीका बालवालिकाहरुका लागि न्यानो कपडा वितर गरेको फाउण्डेशनका संरक्षक तथा गल्याङ नगरपालिकाका पूर्व नगर प्रमुख भूपराज अधिकारीले बताए । रुजी फाउण्डेशनले स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.८ स्थित चण्डिका आधारभूत विद्यालयका लागि न्यानो कपडा वितरण गर्दै सो कुरा बताएका हुन ।
संरक्षक अधिकारीले भने चिसो अत्याधिक बढेको र चण्डिथानमा वढी चिसो हुने ठाउँभएकाले विद्यार्थीहरुमा चिसोको कारण विभिन्न खाले समस्याहरु आउन सक्ने भएकाले स्थानीयले आग्रह गरेका कारण आफूले न्यानो कपडा वितरण गरेको कुरा बताए ।अधिकारीले भने“ आफ्नो आमा र वुवाको नाममा स्थापना गरिएको फाउण्डेसनको ब्याजबाट आफ्नो वडाभित्रको अति विपन्न बालवालिकाहरुका लागि पहिलो अभियानको थालनी गरेको कुरा बताए ।”उनले भने “सेवा नै धर्म हो र दान गर्नु पुण्य कर्म हो भन्ने कुरा आफूले सानै देखि बुझेका कारण पनि यस्तो रचनात्मक कार्य गर्ने इच्छा भएको कुरा बताए”
सबै बालवालिकाले शिक्षा पाउनु पर्ने र शिक्षाबाटै मुलुक समृद्व बनाउन सकिने भएकाले शिक्षालाई पहिलो प्राथमिकता दिन सबैलाई आग्रह समेत गर्दै भोलिका दिनमा अन्य विद्यालयहरुमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने कुरा बताए ।कार्यक्रममा गल्याङ नगरपालिका वडा नं.८का वडाअध्यक्ष झिम बहादुर थापा, पूर्व वडाअध्यक्ष भेक प्रसाद श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष सुवर्ण श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रममा कक्षा शिशु देखि कक्षा ५ सम्मका ६५ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको थियो ।विद्यालय व्यवस्थापन समितिका सदस्य टिकामाया गाहाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य विद्यालयका प्रअ विष्णु कुमारी श्रेष्ठले र कार्यक्रमको सञ्चालन फाउण्डेशनका सचिव एवम् विद्यालयका शिक्षक टिकाराम अधिकारीले गरेका थिए ।












