पुष, गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका वडा नं. ३ ठूलो लुम्पेकमा प्रतिभा अक्षयकोष नेपालले दुई पुरस्कार वितरण गरेको छ । श्री भानु आधारभूत विद्यालयको बार्षिकोत्सवको अवसरमा २०६८ सालदेखि हरेक बर्ष प्रदान गर्दै आएको उक्त पुरस्कार यसबर्ष पनि वितरण गरेको हो ।
विभिन्न साहित्यिक कार्यक्रमहरु गरेर प्रदान गरिदै आएको पुरस्कार यो बर्ष ‘विद्यार्थी जीवनमा अनुशासनको महत्व’ बिषयक वक्तृत्व कला प्रतियोगितामा विजेता कक्षा ७ मा अध्ययनरत विद्यार्थी सोनिमा श्रीस मगरले ‘प्रतिभा बर्ष सम्मान’ पुरस्कार पाएकी छन् । त्यसैगरी कक्षा ५ मा अध्ययनरत विद्यार्थी निशा राहादीले ‘प्रतिभा लगनशील पुरस्कार’ प्राप्त गरेकी छन् । हरेक बर्ष प्रतिभा सम्मान अक्षयकोष नेपालले साहित्यको विभिन्न विधाहरुमा प्रतियोगिता गराएर विजेतालाई पुरस्कृत गर्दै आएको छ । प्रतिभा अक्षयकोषको संयोजन विद्यालय शिक्षक एवं साहित्यकार प्रदीप राहादी मगरले गर्दै आएका छन् ।












