तिलोत्तमा नगरपालिकाको दोस्रो नगरसभा- दोस्रो अधिबेशनको प्रथम बैठक सम्पन्न

प्रकाशित मिति:

तिलोत्तमा । तिलोत्तमा नगरपालिकाको दोस्रो नगरसभा, दोस्रो अधिबेशनको प्रथम बैठक नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ। नगरप्रमुख रामकृष्ण खाणको अध्यक्षतामा सम्पन्न नगरसभाले , नगर उपप्रमुख जगेश्वरदेवि चौधरीबाट प्रस्तुत गरिएको विभिन्न प्रस्ताबमा निर्णय गरेको छ। हाल सम्मका कार्यपालिकाका निर्णयहरुको अनुमोदन, विभिन्न आ।ब।मा कायम भएका नियमित गर्नुपर्ने बेरुजुका सम्बन्धमा छलफल भइ समपरिक्षणका लागि महालेखापरिक्षक समक्ष पेश गर्ने निर्णय, आर्थिक ऐन २०७९ प्रथम संशोधन बिधेयक लाई छलफल सहित सर्बसम्मत पारित, एकीकृत सम्पत्ति,घर,जग्गा,बहाल करको दायरा ब्यबसायिक कर तथा हालसम्म न्यायिक समितीको प्रतिबेदन उपर छलफल र अनुमोदन लगायतका निर्णयहरु भएका छन्।

नगरसभाले तिलोत्तमा नगरपालिकाको हाल सम्मका कार्यपालिकाका निर्णयहरुमा आएका जिज्ञासा तथा प्रश्नहरुको जवाफ तथा सहजीकरण उपप्रमुख जगेश्वरदेवि चौधरी र नगरप्रमुख रामकृष्ण खाणले गर्नुभएको थियो। नगरसभाले गरेको विभिन्न निर्णयको बारेमा रहेका जिज्ञासा र सुझाव सहित कार्यपालिका सदस्य ,नगरसभाका सदस्यहरुले राख्नुभएको भनाई र नगरको प्रसासनिक नीतिको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले आबश्यक सहजीकरण गर्नुभएको थियो। नगरसभामा सबै वार्ड अध्यक्ष एबम कार्यपालिका सदस्य, नगरसभा सदस्य तथा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्य, प्रशासन योजना तथा अनुगमन शाखा प्रमुख माधव पोखरेल,लेखा प्रमुख रमेश बश्याल,सूचना प्रबिधि प्रमुख ई.सुदिप ढकाल लगायत बिषयगत कर्मचारीहरुको प्रतिनिधिमुलक सहभागिता रहेको थियो ।