लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले पाए विश्वासको मत

प्रकाशित मिति:

काठमाडौं, माघ  : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत प्राप्त गरेका छन् ।बिहीबार दिउँसो बसेको प्रदेश सभा बैठकबाट मुख्यमन्त्री गिरीले विश्वासको मत पाएका हुन् । ८७ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बसेको बैठकमा ८६ जना सांसद उपस्थित थिए । तीमध्ये ५७ जनाले विश्वासको मतको पक्षमा र २८ जनाले विपक्षमा मतदान गरेका हुन् ।

मुख्यमन्त्री गिरीलाई एमालेका २९, माओवादी केन्द्रका ८, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४–४, जसपा, लोसपा र जनमतका ३–३, नेकपा एकीकृत समाववादीका १ र दुई जना स्वतन्त्र सांसदहरूको सहित ५७ जनाले पक्षमा मतदान गरेको छन् ।योसँगै प्रदेश सरकारलाई ८ वटा राजनीतिक दल र दुई जना स्वतन्त्र सांसदको समर्थन पुगेको छ। विपक्षमा नेपाली कांग्रेसका २७ र राष्ट्रिय जनमोर्चाको एक गरी २८ जनाले मतदान गरेका छन्।सात वटा दलका ५६ र दुई जना स्वतन्त्र सांसद गरी ५८ जनाको समर्थनमा गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए।