बर्दघाटमा करिब ३ लाख मुल्य बराबरको अबैध कपडा बरामद

प्रकाशित मिति:

प्रकाश  न्यौपाने

माघ १७ गते

नवलपरासी । पश्चिम नवलपरासीमा रहेको इलाका प्रहरी कार्यलय बर्दघाटले करिब ३ लाख रुपैयाँ बराबरको कपडा बरामद गरेको छ । पुर्व पश्चिम राजमार्गमा पर्ने बर्दघाट नगरपालिका वडा नम्बर ४ टिसिएन चोकमा अबैध रुपमा भन्सार छली गरेर ल्याइएको कपडा वेवारिसे अवस्थामा फेला पारी बरामद गरिएको इलाका प्रहरी कार्यलय बर्दघाटका प्रमुख बिरेन्द्र के.सि.ले जानकारी दिनु भयो । केसिका अनुसार बरामद गरिएका कपडा आजै भन्सार कार्यलय पठाइएको छ ।