प्रकाश न्यौपाने
माघ १६ गते
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट १० मा रहेको सहिद स्मृति अध्याय केन्द्रले आफ्नो ८ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बर्दघाट नगरपालिकाका १० का वडा अध्यक्ष राजु मिश्रले सहिद स्मृति अध्ययन केन्द्रले निमार्ण गरेका बनभोज स्टलका कारण आन्तरिक पर्यटनमा वृद्धि भएको बताउनु भयो । सहिद स्मृति केन्द्र बर्दघाट १० को गहना भएको बताउदै उहाले यसको बिकासका लागि बडाले मुख्य प्राथमिकताका साथ काम गर्ने र आगामी आर्थिक बर्षमा ५ लाख बजेट बिनियोजन गर्ने बताउनु भयो ।

कार्यक्रममा सहिद दिवसको अवसरमा सहिदहरु तस्बिरमा फुलको माला लगाइ सम्मान गरिएको थियो । स्मृति केन्द्रका अध्यक्ष पुर्णमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिब कमल प्रसाद पराजुलीले गर्नु भएको थियो ।












