हातेमालो बहुद्देश्यीय सहकारी संस्थाको विभिन्न रचनात्मक कार्यक्रमहरु सुरु

प्रकाशित मिति:

रुपन्देहीमा रहेको हातेमालो बहुद्देश्यीय सहकारी संस्थाले विभिन्न रचनात्मक कार्यक्रमहरु सुरु गरेको छ । तिलोत्तमा ७ भलवारीमा कार्यालय रहेको सहकारीले २८ औं स्थापना दिवसको अवसरमा शेयर सदस्यहरुको लागि शनिबार आफ््नो स्थापना दिवसमा सहकारी शिक्षा तथा उद्यमशिलता विकास लागि तालिम सञ्चालन गरेको हो । शेयर सदस्यहरुको क्षमताबृद्धि गर्नको लागि सहकारीले सहकारी शिक्षा प्रदान गर्दैै उद्यमशिलता बन्नको लागि प्रेरणा प्रदान गरेको हो । लुम्बिनी प्रदेशका सहकारी दर्ता कार्यालयका रजिष्ट्रार भीम प्रसाद तिवारीले सहकारी शिक्षा सम्बन्धि तालिम प्रदान गर्नुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका उहाँले सहकारीले उत्पादनशिल क्षेत्रमा लगानी नगर्दा अहिले जोखिम बढ्दै गएको बताउनु भयो । सहकारीबाट ऋण लिए पनि सहि सदुपयोग हुन नसकेको उहाँले बताउँदै जुन प्रयोजनको लागि ऋण लिने हो सोही प्रयोजनमा लगानी गर्नु पर्ने बताउनु भयो । सहकारीका अध्यक्ष गोबिन्द प्रसाद शर्मा बस्यालले स्थापना दिवसको अवसरमा शेयर सदस्यहरुको क्षमता बृद्धिको लागि सहकारी शिक्षा प्रदान गरिएको बताउनुभयो । सहकारीको माध्यमबाट उद्यमशिलतामा सदस्यहरुलाई जोड्नको लागि तालिम आवश्यकता रहेको उहाँले बताउनु भयो ।

५५० जना शेयर सदस्य रहेको सहकारीले स्थापना दिवसमा जेष्ठ सदस्यहरुलाई धार्मिक यात्रा, बित्तिय साक्षरता , लेखा तालिम , घरदैलो कार्यक्रम सञ्चालन गरिने अध्यक्ष बस्यालले जानकारी दिनुभयो । सहकारीका शिक्षा उपसमितिका संयोजक दीपक ढकालले कार्यक्रममा शेयर सदस्यहरुको सर्वेक्षणमा आधारित प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । शेयर सदस्यहरुको आर्थिक , सामाजिक , सांस्कृतिक , पारिवारिक शैक्षिक अवस्थाको बारेमा अध्ययन गरिएको थियो । अधिकाशं शेयर सदस्यहरुले सहकारीबाट ऋण लिएर लगानी भन्दा पनि पैसाको बचत गर्न चाहेको सर्वेक्षणले देखाएको छ । सहकारीबाट शेयर सदस्यहरुले नेतृत्व विकास ,कम खर्चमा घरेलु उद्यमी बन्न चाहेको सर्वेक्षणमा देखिएको ढकालले बताउनु भयो ।