सप्तङ्गीकाे १३ औं साधारणसभा सम्पन्न,११ कराेड ६२ लाख ८४ हजार ८ सय ६७ काराेवार 

प्रकाशित मिति:

सुरेश छन्त्याल/ पाण्डबखानी-गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे सप्तरङ्गी बचत तथा श्रृण सहकारी संस्था लि. काे १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।सहकारीका अध्यक्ष ज्ञानबहादुर श्रीसकाे अध्यक्षता गलकाेट नगरपालिका १० पाण्डबखानीका वडा अध्यक्ष भक्तबहादुर काउचाकाे प्रमुख आथितियतामा

भएको साधारणसभा कार्यक्रममा नियमित असल बचतकर्ता सम्मान, असल श्रृणिकर्ता सम्मान, शेयर सदस्य मध्ये सुत्केरी भत्ता, शेयर सदस्यलाइ राहत रकम वितरण, लाभांश वितरण संगै कार्यक्रममा सहभागी शेयर सदस्यलाई भत्ता वितरण, ज्ञानबहादुर श्रीसद्धारा अध्यक्ष प्रगतिवेदन प्रस्तुत, सहकारीका प्रबन्धक दिप घर्तीद्धारा लेखा तथा आर्थिक प्रतिवेदन प्रस्तुत जस्ता कार्यक्रम रहेकाे थियाे । अहिलेसम्म सहकारीमा ११ कराेड ६२ लाख ८४ हजार ८ सय ६७ काराेवार गरिएको सहकारीका प्रबन्धक दिप घर्तिले जानकारी गराउनु भयाे । भने कार्यक्रमकाे संचालन खिम काउचाले गर्नु भएको थियाे।