८ महिनामा थपियो १८७१.१६ किमि प्रसारण लाइन

प्रकाशित मिति:

काठमाडौं, चैत – बिजुली प्रसारण गर्न चाहिने संरचना प्रसारण लाइनमा चालु आर्थिक वर्षको आठ महिना (साउन–फागुन) मा १८७१।१६ किमि बढोत्तरी भएको छ ।गत असार अन्त्यसम्म २७०५,४४ किमि रहेको प्रसारण लाइन गत फागुनसम्म ४५७६.६ किमि पुगेको छ। यो चार्ज भई सञ्चालनमा रहेको प्रसारण लाइन हो ।केही महिनामा थप ६७५ किमि चार्ज भई सञ्चालन हुने अन्तिम तयारीमा रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

हालसम्म १३२ केभीको ३४५९.५४ किमि, २२० केभीको ६०२.६० र ६६ केभीको ५१४.४६ गरी कुल ४५७६.६ किमि प्रसारण लाइन चार्जपछि सञ्चालनमा रहेको प्रसारण लाइन आयोजना प्रमुख दीर्घायुकुमार श्रेष्ठले बताए।उनले यही आर्थिक वर्षमा ६७५ किमि प्रसारण लाइन निर्माण सक्ने बताए।