नेको इन्सुरेन्स द्धारा रक्तदान कार्यक्रम

प्रकाशित मिति:

नेको इन्सुरेन्स लिमिटेडको २७ औ वार्षिक उत्सब कार्यक्रमको अवसर पारेर क्षेत्रिय कार्यालय बुटवलले रक्तदान कार्यक्रम आयोजना गरेको छ । साथै वार्षिक उत्सबकै अवसरमा मानव सेवा आश्रम बुटवलमा खाना खुवाउने कार्यक्रम पनि सम्पन्न गरेको छ ।नेको इन्सुरेन्स लिमिटेड बुटवलका क्षेत्रिय प्रबन्धक एवम् संस्थाका सहायक महाप्रबन्धक श्री रमेश बहादुर थापाको सभाध्यक्षतामा रक्तदान कार्यक्रम एवम् खाना खुवाउने कार्यक्रम संचालन भएको थियो ।

सो अवसरमा क्षेत्रिय प्रबन्धक थापाले भैपरी आउने क्षेतिमा व्यवसायीहरुलाई मल्हम लगाउने काम बीमाले गर्नुका साथसाथै सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको कुरा जानकारी गराउनु भयो ।बीमा प्राधिकरण प्रदेश कार्यालय बुटवल कि सहायक निर्देशक श्री सुरक्षा रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्याक्रममा निप्स लुम्बिनी प्रदेशका अध्यक्ष श्री विश्व दिपक नेपाल, नेपाल, स्वमसेवी रक्तदाता समाजका केन्द्रिय महासचिब तथा रेडक्रस सोसाईटी बुटवलका सदस्य श्री कृष्ण चौहान लगायतले सुभकामना मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रम नेको इन्सुरेन्स लिमिटेड बुटवलका शाखा प्रबन्धक गोपिलाल पौडेलको संचालन तथा कर्पोरेट म्यानेजर श्री सार्जन भट्राईको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।रक्तदान कार्यक्रममा ३७ जना रक्तदाताले रक्तदान गरेका थिए उक्त कार्यक्रमको संयोजन नेको इन्सुरेन्सका कर्मचारी श्री अशोक पाण्डेले गरेका थिए ।