अधिकार सुरक्षित र रोजगारीको ग्यारेन्टी गर्ने अभिप्रायले वजार व्यवस्थापन तथा विक्री कर्मचारी संघ ( ओम्स) नेपालको गठन गरिएका छ । नेपाल अधिराज्य भरी विभिन्न कम्पनीका उत्पादन विक्री वितरण गर्ने वजार व्यवस्थापन तथा विक्री कर्मचारी संघ नामक संस्था यही असार २ गते पूर्वि नवलपरासीको गैडाकोटमा भएको भेलाले सूर्य पराजुलीको अध्यक्षतामा केन्द्रिय तर्दथ समिति गठन गरेको हो । सोही समितिले शनिवार बुटवलमा केन्द्रिय सम्र्पक कार्यालय, रुपन्देही र लुम्बिनी प्रदेशको कार्यालय स्थापना गरेको छ ।
कार्यालयको शुभारम्भ गदै केन्द्रिय अध्यक्ष सूर्य पराजुलीले नेपालमा यस प्रकारको संस्था पहिलो भएको र संस्थालाई नेपालका विभिनन श्रमिक संगठन र अन्तराष्ट्रिय श्रमिक संगठनहरुसित सहकार्य गदै अगाडी बढने बताउनु भयो । वजार व्यवस्थापन तथा विक्री कर्मचारीहरुको पेशाको सुरक्षाको लागि संस्थालाई हरेक जिल्लामा विस्तार गदै लगिने अध्यक्ष पराजुलीले बताउनु भयो । कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा लुम्बिनी प्रदेश ईन्र्चाज लेखराज कुवंर केन्द्रिय उपमहासचिव अमर कुमार बस्नेत, केन्द्रिय सदस्य गोविन्द ओली लगायतले वोल्दै संस्थालाई वजार व्यवस्थापन तथा विक्री कर्मचारी संघको हकहितमा केन्द्रित गर्न सुभाmव दिनु भएको थियो ।












