कृषकको उर्जा बन्दै मुलपानी सामुदायिक बन

प्रकाशित मिति:
प्रकाश  न्यौपाने/नारायण भण्डारी
असार २८, नवलपरासी

बिहान उठ्यो गोठमा गयो भैसीको स्याहार सुसार ग¥यो दुध दोयो विक्रि ग¥यो । दनभर गोठमै ब्यस्त साँझ पुनः दुध दोयो विक्रि गर्यो ।  घरमा रहेका २ भाई छोरा, श्रीमती अनी आफै खटेर काम गर्यो ।

यो कुनै एक दुई दिन वा महिनादिनको लागि बनाईएको कार्यतालिका होईन । आर्थिक उपार्जनका लागि झण्डै ११ बर्ष साउदीमा ड्राईभिङ पेसा गरेका सुनवल ४ का झकबहादुर गुरुङको विगत ९ बर्ष देखीको दैनिकी बनेको छ भैसी संगै रमाउनु र कमाउनु ।

झकबहादुरले भैसी फर्म संचालनका लागि २२ कठ्ठा जग्गा भाडामा लिएका छन् । उनका गोठमा अहिले पाडा पाडी बाहेक २२ वटा भैसी रहेका छन् । भैसीका लागि आवश्यक घाँसका लागि बहुबर्षिय र सिजनल घाँस खेती  गर्दै आईरहेका छन् । घाँसकै कारण दानामा लगाउने लागत समेत कम परेको उनी बताउँछन् ।

फर्मबाट दैनिक ६५ लिटर दुध उत्पादन हुने गरेकोमा विक्रिका लागि भने कुनै समस्या छैन । उत्पादित दुध स्थानिय स्तरमै खपत हुनेगरेको झकबहादुर बताउँछन् । घरकै सदस्य सबै मिलेर काम गर्ने भएकोले मासिक रुपमा २ लाख हाराहरीमा आम्दानी हुनेगरेको उनको भनाई छ ।

सुनवल नगरपालिकाको कार्यालय देखी करिव १ किलोमिटर पश्चिम रमवापुरमा उनको फर्म रहेको छ ।  कृषि र पशुपालनका क्षेत्रमा लाखौं बजेट छ्ट्याने नगरपालिकाले झक बहादुर जस्ता किसानलाई चिन्न सकेको छैन । झकबहादुर भन्छन्् “ दुध उत्पादनको क्षेत्रमा काम गर्ने किसानलाई विभिन्न अनुदान आउँछ भनेको त सुनेको छु तर अहिले सम्म अनुदान वा कुनै सहयोगको अनुभुति गर्न भने पाएको छैन । बास्तविक किसानले अनुदान नपाउने तर नेताका आसेपासे र आफन्तले मात्र अनुदान पाउँछन् । ”

पालिकाले अनुदान वा सहयोग उपलब्ध नगराए पनि उनले गरेको पेशालाई सम्मान गर्दै उनी आफै उपभोक्ता रहेको मुलपानी सामुदायिक बन उपभोक्ता समुह सुनवल ४ ले सहयोग उपलब्ध गराएपछि झकबहादुर खुसी छन् । उनी भन्छन् “ सरकारले नहेरे पनि मुलपानी सामुदायिक बनले सहयोग गरेको छ जसले गर्दा कृषि कर्ममा रम्नका लागि थप उर्जा मिलेको छ । ”

उनलाई गोठ सुधार गर्नका लागि बनले १ लाख ५० हजार रकम सहयोग गरेको सामुदायिक बनका अध्यक्ष यज्ञ प्रसाद पाण्डेले बताए । पाण्डे भन्छन् “ हामीले गरिबि निबारणमा २० लाख रुपैयाँ छुट्याएका छौं । उपभोक्ताहरु बिच ब्यापक छलफल गरी गोठ सुधार, बाख्राका पाठी वितरण र नगदेवाली प्रोत्साहनका क्षेत्रमा सहयोग गर्दै आईरहेका छौं ।”

“गोठमा लोभलाग्दा भैसीहरु झकबहादुर र उनकी श्रीमती डिलाकुमारीको मिहेनत सांच्चै सर्हानिय छ । हामी हेर्न गएका बेला पानी परिरहेकोले गोठको छानो चुहिएर भैंसीहरु भिजिरहेको देख्यौं । झक बहादुरले केही भन्नुभएको थिएन तर हामीले तत्कालै गोठ सुधार अन्तरगत छानो लगाउनका लागि १ लाख ५० हजार सहयोग उपलब्ध गराउने निर्णय ग¥यौं । ” पाण्डे भन्नुहुन्छ ।

बनले उपलब्ध गराएको सहयोगको सदुपयोग गरी प्रभावकारी देखिएमा आगामी बर्ष पनि सहयोगलाई निरन्तरता दिईने अध्यक्ष पाण्डेको भनाई छ । सामुदायिक बनले दुईजना उपभोक्तालाई गोठ सुधार, ५१ जनालाई बाख्राको पाठी र २१ परिवारलाई नगदेबालीका लागि सहयोग उपलब्ध गराएको छ ।

अधिकांश सामुदायिक बनहरु बन जंगलको संरक्षण र बन पैदावारको आपुर्तीको क्षेत्रमा मात्र सिमित भएर काम गरिहँदा मुलपानी सामुदायिक बनले भने फरक तरिकाले कार्य  गरिरहेको छ ।

सामुदायिक बनमा लुम्विनी प्रदेश सरकारले अगाडि सारेको बन सम्बद्र्धन प्रणालीमा आधारित बन ब्यबस्थापन कार्यक्रम लागु गर्ने पश्चिम नवलपरासीको पहिलो बन हो ।