कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ बाँडफाँट, ११ सय ६३ जनाको आवेदन रद्द

प्रकाशित मिति:

काठमाडौं – कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ आइतबार साउन ७ गते बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत कुल १० हजार ११५ जनाले सेयर हात पारेका छन् । जसमध्ये १ जनालाई ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन् । यो आइपीओका लागि कुल १० लाख ४८ हजार ४६८ जनाले आवेदन दिएकामा १ हजार १६३ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । बाँकी १० लाख ४७ हजार ३०५ जना योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो ।कम्पनीले असार २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि १ लाख १ हजार १५१ कित्ता आइपीओ बिक्री गरेको हो ।

कुल १ लाख २१ हजार ८६८ कित्ता सेयरमध्ये १०५ अर्थात् १२ हजार १८६ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई यसअघि नै बाँडफाँट भइसकेको थियो । त्यस्तै, ५५ ९६ हजार ९३ कित्ता० सामूहिक लगानी कोष र २५ अर्थात् २ हजार ४३७ कित्ता कर्मचारीलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो ।लगानीकर्ताले आइपीओ बाँडफाँटको नतिजा बिक्री प्रबन्धक एनएमबि क्यापिटल र कुथेली बुखरी स्मल हाइड्रोपावरको वेबसाइटबाट हेर्न सक्नेछन् ।