आरम्भ चौतारी लघुबित्त बित्तीय संस्था लिमिटेडको फिल्ड व्यवस्थापन तालीम सम्पन्न

प्रकाशित मिति:

आरम्भ चौतारी लघुबित्त बित्तीय संस्था लिमिटेडको लुम्बिनी प्रदेश कार्यालय बुटवलले फिल्ड कर्मचारीहरुका लागि १ दिने फिल्ड व्यवस्थापन तालीम तौलिहवा, कपिलवस्तुमा सम्पन्न गरेको छ ।अर्घाखाँची, रुपन्देही र कपिलवस्तु जिल्ला स्थित १२ वटा शाखा कार्यालयका २८ जना फिल्ड कर्मचारीहरुको सहभागिता रहेको उक्त तालिमको सन्चालन कार्यक्रम अधिकृत गिता राउतले गरेकी थिइन ।

संस्थाका सामान्य सेवा बिभाग प्रमुख ख्यामकान्त अर्यालले फिल्ड व्यवस्थापन एवम बचतको महत्त्व सम्बन्धमा तथा लुम्बिनी प्रदेश प्रमुख अमरनाथ सेढाईले कर्जा र जोखिम ब्यवस्थापन सम्बन्धि तालिम दिएका थिए ।फिल्ड कर्मचारीहरुको काम कर्तव्य र जिम्मेवारीको विषयमा कार्यक्रम अधिकृत गिता राउतको प्रशिक्षण रहेको थियो ।