भैरहवा भदौ । बाहिरबाट स्थानीय स्तरमा शाखा खोल्न आएका सहकारीले ठगि गर्दा स्थानीय स्तरका सहकारीमा विस्वास घटेको कार्यक्रमका वक्ताहरुले बताएका छन् । पशुपति वचत तथा ऋण सहकारी संस्था लिमिटेडले सनिवार गरेको उत्प्रेरणात्क तालिम कार्यक्रममा बोल्ने बक्ताहरुले चिनजानेको सहकारीमा वचत गर्दा लगानी सुरक्षित हुने बताए । स्थानीयले लगानी गरेर सञ्चालन गरेको सहकारी कहिल्यै नडुब्ने भन्दै सञ्चालक समितिले गर्ने गतिविधिमा सबै सदस्य सक्रिय सहभागी हुनु पर्ने बोल्ने वक्ताहरुले जोड दिए ।
पशुपति सहकारी आर्थिक रुपमा अब्बल रहेको बताउँदै सहकारीले चाड पर्व विशेष, सिपमुलक तालिम र स्वास्थ्य सन्देश तथा स्वास्थ्य चेकजाँचका कार्यक्रम गर्दै आएको अध्यक्ष डोलराज बस्यालले बताए ।सहकारीमा अध्यक्ष एक्लैले केही गर्न नसक्ने बताउँदै सबल सहकारी बनाउन सबै शेयर सदस्य निरन्तर लाग्नु पर्ने सामाजिक अभियानता सुष्मा पौडेलले बताइन् ।कार्यक्रम संयोजक ताराप्रसाद नेपालले विगत देखि आर्थिक रुपमा सबल बनाउने मात्रै नभएर सांस्कृतिक रुपमा अगाडि बढाउने उद्देश्यले उत्प्रेरणात्मक तालिम सँगै तिज विशेष कार्यक्रम आयोजना गरेको बताए ।संस्थाका अध्यक्ष डोलराज बस्यालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव अर्जुन वस्यालले गरेका थिए ।












