हुबासको हराएको सुबास अर्थात मिसन अस्पताल

प्रकाशित मिति:

भिम घिमिरे रेडियो नेपालका प्राबिधिक अधिकृत हुन् । प्राय हामी सबैले उनलाई भिदा भनेर बोलाउछौ । केहि रोचक , खोजपूर्ण र अत्याबस्यक समाचार भेट्यो कि इनबक्समा पठाई हाल्ने उनको बानी छ । केहि दिन अगाडी भिदाले एउटा समाचारको लिंक पठाए । समाचार थियो ” बाइस वर्षदेखि मिसन अस्पताल बन्द ” । राटोपाटीमा प्रकाशित यो खबर रासस बाट साभार गरिएको रहेछ । खबर पढी सके पछि मेरो मनमा धेरै कुरा खेल्यो र हुबास पुग्ने हुटहुटि जाग्यो ।मैले यो खबरको लिंक अमेरिका निवासी देउराली फ़ाउण्डेशनका संस्थापक माधब मरासिनी लाइ पठाए । देउराली फाउन्डेसनले नेपालका ग्रामिण भेगमा स्वास्थ्य र शिक्षा क्षेत्रमा परोपकारी काम गरिरहेकोले माधब सरलाइ यो खबरले निक्कै भाबुक बनायो । केहि घण्टा पछि उहाले कल गरेर भन्नु भयो ” पथिक जी ! यो अस्पताल किन बन्द भयो ? यत्रो बर्ष सम्म किन पुन संचालन हुन सकेन ? अब यो सम्भावना छकि छैन एक पटक स्थलगत अध्ययन गर्न पर्यो ” । मलाइ उहाको कुराले सारै उर्जा मिल्यो । मैले देउराली फ़ाउण्डेशनका अध्यक्ष समेत रहेका भिदालाई फोन गरे । अनि हामी स्थलगत अध्यनमा जाने निर्णयमा पुग्यौ । हाम्रो समुहले कुनै महत्वपुर्ण निर्णय लिदा सल्लाह लिने एक मात्र व्यक्ति बिपा अर्थात् बिनोद पहाडी हुन् । उनि संबिधान सभा सदस्य , श्रमजीबीको पक्षमा सधै उभिने नेता अनि हामीले सुख दुखमा समाउने भरपर्दो हाँगा हुन् । मैले यो कुरा उनलाई पनि शेयर गरे । हामी ३ भाइ हुबास जान तयार भयौ । पुग नपुग बाटा खर्च लोठ अर्थात लोकेन्द्र ठटाल मार्फत प्राप्त भयो ।

भिदाको मुस्किलले दुइ दिनको छुट्टी मिल्यो आज गएर भोलि फर्किने । मुग्लिन पोखरा सडक खण्ड स्तरोन्नति भैरहेकोले त्यहि दिन हुबास पुग्न सम्भब थिएन । यसकारण भिदालाइ तिन वटा हवाई टिकट जरिबाना गराइयो । हाम्रो टोलि बिहानै पोखरा पुग्यो । एयरपोर्ट बाट गुरुङ ठागुले चिलले चल्ला टिपेझैँ हामीलाई टिपे र गाडीमा राखेर कुदाए । भिड भाड नरुचाउने ठागुले छोरेपाटन बाट बैकल्पिक बाटो तताए । हामी बिस्तारै डांडा तिर उकालो लाग्यौ । रमाइलो द्रिस्य ,बिपाका राजनीतिक सामाजिक अनुभब हरु , भिदाका रमाइला किस्सा हरु र मेरा गीतका तुक्काहरूले बाटो छोट्टिदै थियो ।बैकल्पिक बाटो स्याङ्जा बजार पुगेर मूल बाटोमा जोडियो । स्याङ्जा पुग्दा म भाबुक भए । यसका केहि विशेस कारणहरु थिए । एक छिनको मौनता पछि मैले सोधे ” बयरघारी कहा पर्छ ठागु दाइ ” ? । अगाडी हिडिरहेको गाडी संग साइड माग्दै ठगु दाइ बोले ” अगाडी बाटैमा पर्छ ” किन र ? । मैले उनको पुच्छ्रे प्रश्न नसुनेझै गरि झ्याल बाट बाहिर हेरिरहे । नजिकै आधिखोला बगिरहेको थियो जहा उनले साँघु तर्दा धेरै पटक आफ्नो अनुहार पानीमा हेरेकी थिइन । मेरो मौनता तोड्दै ठागु दाइ बोले मेरो ससुराली आउन लाग्यो यहि राङ्ग खोला हो । हामी दुवै जना स्याङ्जाका ज्वाई थियौ तर फरक अनुभूति सहितको । गाडी राङ्ग खोलामा रोकियो हामीले फोटो खिच्यौ र पुरानो गीत काँचो कटर को सम्झना गर्यौ । गाडी फेरी अगाडी बढ्यो । गफ जारी छ । यसै बिचमा हाम्रो गाडीले बजार क्षेत्र प्रवेश गर्यों । ठागु दाइले गाडी स्लो गर्दै बोले ” यहि हो तपाइको बयरघारी फोटोचै आउदा खिचौला है ” । पारी पट्टीको सोरेक धमिलो देखिएको थियो र हेर्दा हेर्दै छोडियो ।

वालिङ्ग बजार पुगेपछि ठागु दाइले झ्याल बाट मन्टो तन्काउदै एक जना स्थानीयलाई सोधे ” हुबास जाने बाटो कता हो ” ? इशारा अनुसार गाडी दायाँ मोडियो र आधिखोलाको पुल तरेर उकालो लाग्यो । करिब २२ किलोमिटर कच्ची बाटो पार गर्दै हामी हुबास पुग्यौ । चारै तिर पहाडले घेरिएको सुन्दर फाँट हुबास तुलनात्मक रुपमा न्यानो थियो । सारै सुन्दर ,ब्यबस्थित र बिस्तारित बजार पुग्ने बित्तिकै भिदाले मोही खाने इच्छा ब्यक्त गरे । हातेमालो चोक नजिकै रहेको डेरीमा हामीले मोही खायौ । भिम दाइ बोले ” मोही खास्सा रैछ ” । मलाई भने सिरपुरे काइँलाको घरको दुइ दिन पुरानो अमिलो मोहीको सम्झना आयो ।एकै छिनमा हामीलाई लिन स्थानिय समाजसेबिहरु कृष्ण श्रेष्ठ , ओपी सेन र युबराज सेन आउनु भयो । केहि बेरको भलाकुसारी पछि गाउँ पालिका अध्यक्ष राज मल्ल ठकुरी सहितको जनप्रतिनिधिको एक टोलि पनि आइपुग्यो र हामी अस्पताल तिर लाग्यौ । अस्पताल बन्द भएको बाइस बर्ष भएको र जाने बाटो चलन चल्तीमा नहुदा गाडीले अप्ठेरो मान्दै थियो । प्रयोग बिहिन बाटोको झाडी पन्छाउदै हामी अस्पतालमा पुग्यौ ।करिब सात रोपनी क्षेत्रफलको सुन्दर थुम्को , अझै पनि केहि नभएको दुइ वटा बिशाल भवन , पुराना फर्निचरहरु र बन्दबस्तिका सामानहरु चुपचाप थिए । हामीले सबै संरचनाहरु हेर्यौ । अस्पतालको सृजनागर्भ देखि बन्द हुने स्थितिमा पुग्दा सम्मको कहानी सुन्यौ । स्थानिय हरुको अस्पतालसंग जोडिएका सुन्दर सम्झनाहरु सुनेर भाबुक भयौ । यहि अस्पतालले सेवा दिएर हुर्काएको हुबास अशान्त मन बोकेर शान्त थियो , वरीपरिका बस्तीहरु यहि थुम्को हेरेर निराश थिए ।

स्थानीयरूपमा उपस्थित र हाम्रो बिचमा परिचय सुरु भयो । सबैले आ आफ्नो धारणा राख्यौ । गाउँपालिका अध्यक्षले यो अस्पतालको एऐतिहासिक पृष्ठभुमि र अबको आवस्यकता बारे बोल्नु भयो । हाम्रो तर्फ बाट भ्रमणको उद्देस्य र अबको बाटो बारे बिनोद पहाडीले आफ्नो कुरा राख्नु भयो । सबैको एउटै आवाज थियो यो अस्पताल पुन संचालन गर्नै पर्छ । यहि बिन्दुमा पुगी हाम्रो टोली हुबास बजार ओर्लियो र मिठो खाजा खाएर पोखरा तर्फ अगाडी बढ्यो । अप्ठेरो बाटो , दिन ढल्दै थियो । वालिङ्ग काट्दा झमक्कै साझ पर्यो । हुबासको सुबास किन हरायो भन्ने छलफल र अब फेरी फर्काउने उपायबारे छलफल गर्दै हामी पोखरा पुग्यौ ।पोखरा पुगेपछि मैले माधब सरलाई सबै कुराहरु सुनाए । उहा निक्कै खुसि हुनु भयो । उँहा यो अस्पताल जसरि पनि पुन संचालन गर्ने उपायको खोजीमा हुनुहुन ( हुबास बाट फर्किए पछि पत्रकार प्रेम पथिकको यात्रा अनुभूति )