जनकल्याण साकोस भटौलिया सेवा केन्द्रको साधारण सभा सम्पन्न

प्रकाशित मिति:

 

असोज ६ गते

नवलपरासी । जनकल्याण बचत तथा ऋण सहकारी सस्था लिमिटेडको ३१ औं बार्षिक साधारण सभा अन्तरगत भटौलिया सेवा केन्द्रमा सम्पन्न भएको छ ।


लुम्बिनी प्रदेश सदस्य बिश्वप्रेम पाठकले सहकारी मार्फत सानो पूंजी सकलन गरि उत्पादन मुलक क्षेत्रमा लगाउन सके ग्रामीण क्षेत्रको आर्थिक बिकास गर्ने सकिने बताउनु भयो । “अहिले बाहिरका सहकारीका कारण सहकारीमा केही समस्या देखिएको छ । सहकारीका बचत कर्ताको बचतको सुरक्षा राज्यको दायित्व रहेको बताउदै उहाले राज्यले नितिगत रुपमा सहकारीलाई प्रवर्द्धन गर्ने कार्यक्रम ल्याउनु पर्ने बताउनु भयो ।


बर्दघाट नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष उमा शंकर चौधरी र वडा नम्बर १३ का वडा अध्यक्ष नर बहादुर चौधरीले सहकारीले बचत र ऋणका माध्यमबाट साबेक जहदामा आर्थिक गतिविधिहरुलाई चलायमान गराएको बताउनु भयो ।


कार्यक्रममा सस्थाका कोषाध्यक्ष बामदेव अधिकारीले सस्थाको आर्थिक बर्ष २०७९/८० मा आर्थिक प्रतिबेदन आगामी नीति प्रस्तुत गर्नु भयो । बिगतमा १ लाख रुपैयाको दुर्घटना बिमालाई अहिले ३ लाख बनाइएको गत आर्थिक बर्ष ७ करोड १२ लाख आम्दानी गरेको र ५ करोड ८५ लाख खर्च गर्दै १ करोड २६ लाख नाफा कमाएको अधिकारीले बताउनु भयो ।


शेयर वृद्धि निति, बचत निति , ऋण निति, शेयर सदस्य बन्न, बनेका शेयर सदस्यले सेयर रकम थप गर्न, नियमित बचत गर्ने, कर्जाको किस्ता समयमा नै तिर्न सस्थाका अध्यक्ष कुलदिप आचार्यले बताउनु भयो । उहाँ भन्नुहुन्छ-” जनकल्याण सहकारी निति र बिधीमा संचालक रहेकाले शेयर सदस्यहरुलाई ढुक्क भएर कारोबार गर्नुहोस् ।” सस्था स्थापना दिवसको अवसरमा असोज र कार्तिकमा सदस्य बन्दा प्रवेश शुल्क नलाग्ने अध्यक्ष आचार्यको भनाइ छ ।



कार्यक्रममा शेयर सदस्य प्रदीप चौधरी, बिनिराम पराजुली, लक्ष्मी तिवारी पत्रकार चिरञ्जीवी न्यौपाने लगायतले बोल्दै सहकारीको सेवा प्रवाह सङ्ग सम्बन्धि जिज्ञासा राख्नु भएको कार्यक्रमको संचालन व्यवस्थापन यमलाल खरेलले गर्नु भयो ।