मुक्तिनाथ कृषि कम्पनीले पायो आईपीओ निष्काशन अनुमति

प्रकाशित मिति:

मुक्तिनाथ कृषि कम्पनीले आईपिओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले असोज १० गते आईपीओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता शेयर निष्काशनको अनुमति पाएको हो । शेयर निष्काशनको लागि एनआईएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।हाल कम्पनीको चुक्ता पुँजी ५६ करोड रहेको छ । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ७० करोड पुग्ने छ । यो मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी हो।