रामु भुसाल, बर्दघाट,असोज–१३ , पश्चिम नवलपरासीको बर्दघाटमा रहेको माकर सनराईज बचत तथा ऋण सहकारी सस्था लिमिटेडको १८ औँ बार्षिक साधारण सभा शनिबार बर्दघाटमा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष प्रदिप सुवेदीको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यातामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले अहिलेको अवस्थामा सहकारीहरुले देशको अर्थतन्त्र धानेको बताउदै सहकारीहरुले आफ्नो लक्ष्य अनुरुप काम गर्दै सेयर सदस्य हरु लाई उत्पादन सङ जोड्ने खालको योजना बनाउन सके सहकारी फलदायी हुने बताउनु भयो।
त्यसैगरी कार्यक्रमका बिशेश अतिथि सस्थाका सल्लाहकार यबम बर्दघाट नगरपालिकाका सस्थापक नगर प्रमुख धिरज शर्मा बस्यालले सहकारीहरुको अनुगमन गर्ने निकायबाट नै अनुगमन नभएका कारण सहकारीहरु कुनै पनि बेला खतरामा पर्ने संभावना रहेको बताउनु भएको थियो । वहाले राज्यको तिन खम्बे अर्थनितिमा सहकारीको भुमिका महत्वपुर्ण रहेको हुदा सहकारीलाई तिन तहकै सरकारले विशेष महत्वका साथ अवलम्बन गरि परिचालन गर्नुपर्ने बताउनुभयो । सो अबसरमा संस्थाका संस्थापक अध्यक्ष पुण्यप्रसाद पौडेलले संस्थाले कृषिको क्षेत्रमा लगानी गर्न आग्रह गर्नु भएको थियो भने संस्थाका सल्लाहकार कृष्ण थापाले अहिलेको अवस्थामा सहकारीहरुले देशको अर्थतन्त्रको बाघडोर नै समालेको बताउनु भएको थियो । यहाँले सहकारीहरुलाई स्थानिय तहले नियन्त्रण गर्न नसकेको समेत धारणा राख्नु भएको थियो ।
कार्यक्रममा अध्यक्षको प्रतिबेदन सस्थाका अध्यक्ष सुवेदीले प्रस्तुत गर्नुभएको थियो भने सस्थाको बार्षिक प्रगती तथा आगामी बर्षको नीति तथा कार्यक्रमको प्रतिबेदन संस्थाका सचिव हुमनाथ आचार्यले प्रस्तुत गर्नुभएको थियो ।
साथै सस्थाको शेयरपुँजी २ करोड ४२ लाख ३३ हजार ५ सय रुपैया र जगेडा कोषमा १ करोड ३ लाख ८१ हजार ३ सय ३९ रुपैया रहेको गरि सस्थाको कुल पुँजी २३ करोड ५० लाख १७ हजार ४ सय ३१ रुपैया बराबरको आर्थिक आय ब्यय विवरण प्रस्तुत गर्दै सस्थाका कोषाध्यक्ष चोलाकान्त भट्राईले सस्थाले कुल ६६ लाख ३ हजार १ सय ३० रुपिया शुद्ध नाफा गर्न सफल रहेको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने सस्थाको लेखा प्रतिबेदन लेखा समयोजक बोमलाल पाण्डेले प्रस्तुत गर्नुभएको थियो ।सो अवसरमा सस्थाका पदाधिकारी, विभिन्न संघ सस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजिवी लागएत शेयर सदस्यहरुको उपस्थिती रहेको कार्यक्रममा संस्थाका ज्येष्ठ शेयर सदस्य ३ जना लाई सम्मान गरिएको सस्थाका ब्यवस्थापक दुर्गा प्रसाद लामिछानेले जानकारी दिनुभयो ।संस्थाका उपाध्यक्ष कमला शर्माको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सस्थाका सचिव हुमनाथ आचार्यले गर्नुभएको थियो । बर्दघाट नगरपालिका कार्य क्षेत्र रहेको यस सहकारीमा १ हजार ४ सय २१ जना शेयर सदस्य र १ सय ९९ जना बाल सदस्यहरु आबद्ध रहेका छन भने सस्थाले बर्दघाट–४ मा केन्द्रिय कार्यालय र बर्दघाट–२,चिसापानीमा सेवा केन्द्र मार्फत सेवा दिइरहेको छ ।












