लुम्बिनी केबलकार भोलिदेखि ३ दिन बन्द हुने

प्रकाशित मिति:

बुटवल,१३ असोज । लुम्बिनी केबलकार लिमिटेड भोलि असोज १४ गतेदेखि तीन दिनसम्म बन्द हुने भएको छ । केबलकारको नियमित मर्मत सम्भारका लागि असोज १४ गतेदेखि १७ गतेसम्म पूर्णरुपमा सेवा बन्द हुने लुम्बिनी केबलकार लि।का अपरेसन म्यानेजर डिएन कायस्थ सैजूले बताए । यो केबलकार अष्ट्रियाको विश्व विख्यात र पूर्ण सुरक्षित डुपलमेयर कम्पनीको हो । तीन दिन सेवा बन्द हुंदा पर्यटक र भक्तजनमा पर्न जाने असुविधाप्रति कम्पनी क्षमाप्रार्थी रहेको र असोज १७ गते देखि केबलकार नियमित रुपमा सञ्चालनमा आउने अपरेशन म्यानेजर सैजूले जानकारी दिए । आईएमई ग्रुपको मुख्य लगानी र स्थानीयको समेत गरी कूल ५ अर्ब लागतको केबलकार गत जेठ १५ गतेदेखि सञ्चालनमा आएको हो । सञ्चालनमा आएको साढे४ महिनामा करिब ७५ हजार जनाले केबलकार यात्रा गरेका छन् ।