मेरो पेशा ,मेरो ब्यबसाय : फाइबर झोलामा भबिष्य खोज्दै नबिन

प्रकाशित मिति:

बुटवल । सानै उमेरदेखी नै ब्यबसायमा रुची देखाएका सैनामैना ६ का युवा उधमी हुन – नबिन पाण्डे । कपडा पसलबाट ब्यबसायमा हात हालेका उनी छोटो समयमै सफल ब्यबसायी बन्न उद्धत देखिएका छन । उच्च शिक्षा अध्ययन गर्दा गर्दै ब्यबसायमा हात हालेका उनले हाल ए.एन. इन्ड्रस्ट्रिज प्रा.ली. आफ्नै गृहनगर सैनामैनामा सन्चालन गरिरहेका छन । बिभिन्न किसिमका फाइबर झोला, स्कुल कलेज ब्याग उत्पादन गर्दै आएका उनको साझेदारीमा कपिलबस्तुमा झोला उत्पादन गर्ने उधोग समेत रहेको छ । मेरो रुचि ब्यबसायमै थियो , सोही अनुसार काम गर्दै गए र आज उधोग समेत सन्चालन गरिरहेको छु, हालचालै मेरो पेशा मेरो ब्यबसाय स्तम्भका लागी सबलपोस्टसग कुराकानी गर्दै नबीनले भने – बिभिन्न किसिमका फाइबर झोलाहरु उत्पादन तथा बिक्री बितरणको लागी ए.एन. इन्ड्रस्टिज प्राली पनी भर्खरै सन्चालनमा ल्याएको छु । यहि कलौनीबाट पश्चिम लगायत बिभिन्न जिल्लामा ब्यबसाय प्रयोजनका लागी चाहिने फाइबर झोलाहरु उत्पादन तथा बिक्रि बितरण गरिरहेको छु । ”
उनले १ दर्जनलाइ रोजगारी दिएका छन भने मेहेनत गरेको खण्डमा आफ्नै देशमा पनी स्थापीत हुन सकिन्छ भन्ने उत्कृष्ट उदाहरण दिएका छन ।

बुवाको साथ र प्रेरणाले ब्यबसायमा लम्किरहेका नबिनले जसरी ब्यबस्थापन संकाय पढे सोही अनुसार ब्यबसायलाइ ब्यबस्थित गर्दै गइरहेका छन । अहिले आर्थिक मन्दिको चपेटामा ब्यबसायीहरु परेका छन , आफ्नै उधोगमा गफिएका पाण्डे भन्छन – बजारमा उधारो नउठ्ने , बैकहरुको चर्को ब्याजदर लगायतका बिभिन्न कारणले धेरै युवा ब्यबसायीहरु पलायन भइरहेका छन । र यही देशमा केही गरौ भन्नेहरुका लागी सरकारले ब्यबसायी मैत्री माहोल बनाउन सकिरहेको छैन । ” ६ बर्षदेखी ब्यबसायमै जमिरहेका नबिनले ब्यबसायमा बिभिन्न चुनौतीहरु आइरहने र त्यसलाइ समाधान गर्दै जाने हो भने एक न एक दिन अबश्य सफल भइने दाबी गरे । जुन यही स्वदेशमै केही गरौ भन्नेहरुका लागी प्रेरणाको स्रोत बन्न सक्छ ।