उद्योग वाणिज्य संघ बर्दघाटमा लेखनाथ न्यौपानेको प्यानल  विजयी

प्रकाशित मिति:

प्रकाश न्यौपाने

पुस २२ गते
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट उद्योग वाणिज्य संघको तेश्रो अधिबेशनबाट पुनः लेखनाथ न्यौपाने अध्यक्षमा निर्वाचित हुनु भएको छ । न्यौपानेले ७७० मत प्राप्त गर्नु भयो भने उहाँका निकटतम प्रतिस्प्रधी दिनेश न्यौपाने ४६२ मत प्राप्त गर्नु भएको छ । यस्तै अर्का अध्यक्षका प्रत्यासि राजु पाण्डेले २०७ मत प्राप्त गर्नु भएको हो ।


संघको वरिष्ठ उपाध्यक्षमा तारा प्रसाद गौतम निर्वाचित हुनु भएको छ । उहाँले ७८७ मत प्राप्त गर्दा सोही पदमा प्रतिस्पर्धामा रहनु भएका हरि प्रसाद अधिकारीले ५१७ मत प्राप्त गर्नु भयो ।


संघको वाणिज्य उपाध्यक्षमा न्यौपाने प्यानलकै चन्द्र वहादुर दमाई विजयी हुनु भएको छ । उहाँले ६१५ मत प्राप्त गर्दा उहाँसँग प्रतिस्पर्धामा रहनु भएका नवराज अधिकारीले ४३८ मत प्राप्त गर्नु भयो । यस्तै संघको उद्योग उपाध्यक्षमा टेक वहादुर बुढाथोकी विजयी हुनु भएको छ । बुढाथोकीले ७५८ मत प्राप्त गर्नु भयो भने उहाँसँगै प्रतिस्पर्धामा रहनु भएका भरत कण्डेलले ५१८ मत प्राप्त गर्नु भएको छ ।


यस्तै संघको महासचिवमा गंगा प्रसाद पाठक विजयी हुनु भएको छ । पाठकले ५९० मत प्राप्त गर्नु भयो भने पाठकसँगै प्रतिस्पर्धामा रहनु भएका मोहन सापकोटाले ४०८ मत र विष्णु पराजुलीले ३७० मत प्राप्त गर्नु भयो । संघको सचिवमा डिल्लिराज कण्डेल विजयी हुनु भएको छ । कण्डेलले ७८१ मत प्राप्त गर्दा उहाँसँगै प्रतिस्पर्धामा रहनु भएका युवराज पाण्डेले ५२४ मत प्राप्त गर्नु भयो ।


यस्तै संघको कोषाध्यक्षमा जित वहादुर थारु विजयी हुनु भएको छ । थारुले ७२६ मत प्राप्त गर्दा उहाँसँग प्रतिस्पर्धामा रहनु भएका भरत प्रसाद शर्मा वस्यालले ५८४ मत प्राप्त गर्नु भयो । यस्तै संघको सहकोषाध्यक्षमा ७२१ मतका साथ पार्वती भुषाल विजयी हुनु भएको छ भने उहाँसँगै प्रतिस्पर्धामा रहनु भएकी सुमित्रा दमैले ४१६ मत प्राप्त गर्नु भयो ।


संघको तेश्रो अधिवेशनमा सदस्यकालागि १५ जनाको उम्मेदवारी परेको थियो । जसमा न्यौपाने प्यानलकै सवै सदस्यहरुले जित निकालेका छन् । विजयी सदस्यहरु क्रमश घनश्याम पाध्या आचार्य ८३५, खुमानन्द वस्याल ७६३, प्रकाश घिमिरे ७९२, कृष्ण प्रसाद सापकोटा ६७१, रुविन तामाङ्ग ६८६, घनश्याम थारु ६५३, र सन्तोष श्रेष्ठ ६८८ मतका साथ विजयी हुनु भएको निर्वाचन समितिले जनाएको छ ।


२ हजार ५३ मतदाता रहेको संघको मतदानमा १हजार ५ सय २ मत खसेको निर्वाचन समितिले जनाएको छ । चुनावमा सत्तारुढ गठबन्धमा आवद्ध दलको एउटा प्यानल र नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीको संयुक्त प्यालनसंगै अध्यक्ष सहित पाँच पदमा स्वतन्त्र रुपमा अर्को प्यानल पनि चुनावी मैदानमा होमिएको थियो ।