सदुपयोग साकोस तिलोत्तमाको सहकारी शिक्षा तालिम सम्पन्न

प्रकाशित मिति:

तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा–२ मा अवस्थित सदुपयोग बचत तथा ऋण सहकारी संस्थाले ’सहकारी शिक्षा’ तालिम संचालन गरेको छ । बुधबार एक औपचारिक कार्यक्रमबीच सहकारीले आफ्ना शेयर सदस्यलाई तालिम प्रदान गरेको हो । “सहकारीको १२ औं स्थापना दिवसको अवसरमा संस्थाका समिति, उपसमिती तथा शेयर सदस्यका लागि १ दिने सहकारी शिक्षा तालिम प्रदान गरिएको संस्थाका अध्यक्ष कमल अर्यालले जानकारी दिए । सहकारीको बर्तमान अवस्था, सदस्यहरुको नेतृत्व बिकास तथा आधारभूत सहकारी शिक्षा सहितको सहजीकरणमा सम्पन्न हुन गैरहेको तालिममा सहकारी उद्धमशिलता बिज्ञ तथा राष्ट्रिय प्रशिक्षक मुकुन्द ज्ञवालीले सहजीकरण गरेका थिए ।

तिलोत्तमा नगरपालिकाआर्थिक बिकास शाखा प्रमुख अधिकृत कृष्ण प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न सो तालिम कार्यक्रममा सहकारीका सल्लाहकारहरु कर्ण बहादुर टन्डन,भुवन बहादुर थापा,गोपाल कार्की कालिका अधिकारी,खिमानन्द भट्टराई लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा बोल्दै प्रमुख अतिथि पाण्डेले सहकारीको सिद्दान्त अनुसार समाजको ग्रामिण तहमा जनताको समृद्धिक अलागी काम गर्नु पर्ने बताएका थिए । उनले सहकारीले जनजनमा बिकासको खुड्किलो बनाएर उत्पादन र बजारीकरणका लागि समेत काम गर्नु पर्ने बताए । त्यस्तै सल्लाहकार खिमानन्द भट्टराईले सहकारीले चालेको सकारात्मक कदमलाई जनताले स्वीकारेको हुँदा सदस्यको हितमा काम गर्नु पर्ने बताए । ६५ जना सहभागी रहेको तालिममा शिक्षा समिति सदस्य राधिका बस्यालको स्वागत रहेको थियो भने कार्यक्रम संचालन संस्थाका सचिव प्रकाश चापागाईंले गरेका थिए ।