पाकिस्तानमा नवाज सरिफका भाइ शहबाज प्रधानमन्त्री बन्ने

प्रकाशित मिति:

कराँची, फागुन – पाकिस्तानमा नवाज सरिफका शहबाज प्रधानमन्त्री बन्ने भएका छन्। चुनावमा कुनै दलले पनि स्पष्ट बहुमत ल्याउन नसकेपछि ६ दलीय गठबन्धन गर्दै नवाज शरीफ नेतृत्वको पाकिस्तान मुस्लिम लिग पीएमएल एनले शहबाजलाई प्रधानमन्त्री बनाउन लागेको हो। यो शहबाजको दोस्रो कार्यकाल हुनेछ। यअसघि उनी सन् २०२२–२०२३ मा पनि प्रधानमन्त्री बनेका थिए। पीएमएलएन नेतृत्वको गठबन्धनमा बिलावल भुट्टो नेतृत्वको पाकिस्तान पिपल्स पार्टी पीपीपी, पाकिस्तान मुस्लिम लिग क्यूपीएमएल क्यू, मुत्ताहिदा कौमी मुभमेन्ट एमक्यूएम, इश्तेखामएपाकिस्तान पार्टी आईपीपी र बुलचिस्तान अवामी बीएएम पार्टी छन् । यस्तै, नवाज सरिफले छोरी मरियम नवाजलाई पञ्जाबको मुख्यमन्त्रीका लागि मनोनयन गरेका छन्।नवाज शरीफले सरकार गठनमा पीएमएलएनलाई साथ दिने सबै राजनीतिक दललाई धन्यवाद दिँदै नयाँ सरकार पाकिस्तानलाई संकटबाट बाहिर निकाल्न सफल हुने आशा व्यक्त गरेका छन्।