प्रकाश न्यौपाने
फाल्गुन ७ गते
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा हुने मेलामा ४ करोड रुपैया बराबरको कारोबार हुने आयोजक बर्दघाट उद्योग बाणिज्य संघले जानकारी दिएको छ ।
कृषि, पर्यटन, उद्योग र ब्यापार समृद्ध बर्दघाटको बलियो आधार भन्ने मुल नाराका साथ सातौं कृषि, पर्यटन, सस्कृती तथा औद्योगिक ब्यापार मेला २०८० फाल्गुन १७ गते देखी २९ गतेसम्म हुने बर्दघाट उद्योग बाणिज्य संघले सोमबार पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
करिब ७५ लाखको लागतमा हुने मेलामा एक लाख ५० हजार दर्शकले अबलोकन गर्ने संघका अध्यक्ष लेखनाथ न्यौपानेले जानकारी दिनु भयो । बर्दघाट नगरपालिकालाइ पर्यटकीय नगरको रुपमा परिचित बनाउने उद्देश्य रहेको संघका अध्यक्ष लेखनाथ न्यौपानेले बताउनु भयो । “कृषि उत्पादन, पर्यटन प्रबर्द्धन, सास्कृतिको जगेर्ना, औद्योगिक बिकास गराउनु मेलाको लक्ष्य रहेको छ ।” न्यौपानेले भन्नु भयो ।
मेलाले स्थानीय उत्पादनको बजार प्रबर्द्धन र बिस्तारमा महत्वपूर्ण भुमिका खेल्ने संघका महासचिव गगा पाठकले बताउनु भयो । कृषि, हस्तकला र घरेलु उत्पादनलाई निशुल्क र फाल्गुन १२ गतेसम्म स्टल बुक गर्ने ब्यवसायीहरुमा ५० प्रतिशत छुट गरिएको पाठकको भनाइ छ ।
मेलामा दैनिक उपभोग्य बस्तु तथा सेवा, साना तथा घरेलु उत्पादन, जडिबुटी तथा कृषि उत्पादन बैक बित्तीय सस्था, होटल तथा रेष्टुरेन्ट, बालउधान र स्थानीय एब केन्द्रिय कलाकारहरुको प्रस्तुति रहने वरिष्ठ उपाध्यक्ष तारा प्रसाद गौतमले बताउनु भयो । मेलामा कृषि, उद्योग, ब्यापारका गरि २ सय ५० स्टल रहने संघका गौतमको भनाइ छ ।
संघले मेलाका लागी मुल समारोह समिति, मेला सरक्षण समिति, स्वागत, निर्माण, प्रचार प्रसार गरि २३ वटा उपसमिति बनाएको छ ।












