देशको अर्थतन्त्र सुधारोन्मुख छ – अर्थमन्त्री महत 

प्रकाशित मिति:

प्रकाश न्यौपाने

फाल्गुन १६ गते

नवलपरासी । अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालको अर्थ तन्त्र सुधारोन्मुख रहेको बताउनु भयो । उहाले अहिले अर्थतन्त्रको अवस्था खतरामुक्त रहेको बताउदै अर्थ तन्त्र क्रमश लयमा फर्किएको उल्लेख गर्नु भयो ।


 अर्थ मन्त्री महतले बैंकहरुको ब्याजदर क्रममा घट्दै गएको बताउदै अब ब्याजदर एकल अंकमा झर्ने जिकिर गर्नु भयो ।पश्चिम् नवलपरासीम आज नवलपरासीको औद्योगिक व्यापार मेलालाई सम्बोधन गर्दै उहाँले अघिल्लो सरकारले बजेट सुनिश्चितता नगरी आयोजना उद्घाटन गर्दा त्यसको असर अहिलेको अर्थतन्त्रमा देखिएको दावी गर्नु भयो ।

अहिले देशको राजस्व संकलनमा वृद्धि भएको, विदेशी पर्यटकको संख्या बढेको र मूल्यवृद्धि घट्दो अवस्थामा भएकाले ढुक्क भएर लगानी गर्न उद्योग व्यवसायीलाई अर्थमन्त्री महतले आग्रह गर्नु भयो । ” उद्योगी ब्यापारीहरुले ढुक्क भएर लगानी गर्नुहोस् देशको अबस्था लयमा फर्किएको छ ।”

महेशपुर भन्सार नाका मूल भन्सारमा परिणत भए पनि लक्ष्यअनुसार राजस्व संकलन नभएको भन्दै उहाले राजस्व वृद्धिका लागि क्वारेन्टाइन, सडक सहित भौतिक पूर्वाधार विकासका लागि आगामी बजेटमा समावेश गरिने बताउनु भयो ।