फाउन्डेशन अमेरीकाद्वारा नारी दिवस एवं फाउन्डेशन स्थापना दिवस भव्यता साथ सम्पन्न।

प्रकाशित मिति:

न्युयोर्क ,अमेरीका-११४औं अन्तर्राष्ट्रीय नारी दिवस एवं गिरीजाप्रसाद कोईराला फाउन्डेशन ( जिपीके फाउन्डेशन) अमेरीकाको स्थापनाको चौथो वार्षिकोत्सव न्युयोर्कको क्विन्सस्थित स्थानीय गुल्सन टेरेसको हलमा एक विशेष समारोह गरी भव्य रूपमा ८ मार्चमा सम्पन्न भयो। न्युयोर्क राज्यका सिनेटर माननीय जोन लु उक्त कार्यक्रमको सम्मानित अतिथि एवं न्युयोर्कका एसेम्ब्लीमेन माननीय स्टेभेन रागा सो कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्थ्यो।साँझ ६ बजे प्रमुख अतिथिद्वारा पानसमा बत्तीबाली उद्घाटीत उक्त कार्यक्रममाका प्रमुख अतिथिज्युले समाजमा उत्कृष्ठ योगदानकर्ता नारीहरूलाई सम्मानपत्र प्रदान गरी बधाई दिनुभएको थियो।सो कार्यक्रममा संयुक्त राष्ट्रसंघका विशिष्ठ प्रतिनिधि लगायत अमेरिकास्थित विभिन्न २० राष्ट्रका महिला नेतृ एवं सामाजिक अभियन्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।नेपालका विभिन्न सामाजिक एवं साँस्कृतीक क्षेत्रमा अग्रणी भुमीका निर्वाह गर्नुहुने विभिन्न महानुभावहरुलाई विशेष सम्मान एवं पुरस्कृत समेत गरीएको थियो।स्थानीय उड्साईडस्थित गुल्सन टेरेसमा साँझ ६ बजेदेखी राती ११ बजेसम्म संचालित उक्त कार्यक्रममा बिभिन्न देश, भाषा, धर्म र समुदायका नारी एवं पुरूषहरूको बाक्लो सहभागिता देख्दा यस्तो लाग्थ्यो, विश्वको ठुलो हिस्सा आफ्नो शसक्त उपस्थिती साथ नारी दिवसलाई भव्यतासाथ मनाईरहेछ। नेपाली पंचकन्या, नेपाली लोक एवं सांस्कृतिक नृत्यका साथै, चिनियाँ साँकृतिक कार्यक्रम, भारतीय पंजाबी नृत्य, बांग्लादेशी नृत्य, थाईल्याण्को कलात्मक नृत्य, अजरबैजानी र फिलीपिनो कलात्मक नृत्य विशेष आकर्षणका केन्द्र बनेका थिए।

कार्यक्रमलाई विशेष सम्बोधन एवं शुभकामना मन्तव्य दिनुहँदै सम्मनित अतिथि न्युयोर्कका सिनेटर माननीय ज़ोन लुले नेपाल र नेपाली समुदायको उच्च सम्मान गर्दै जिपी कोईराला फाउन्डेशनले गरेको सामाजिक कामको आफुहरूले उच्च मूल्यांकन गरेको र आगामी दिनहरूमा अझै शसक्त ढंगले समाजसेवा गर्नेमा आफु विश्वस्त रहेको बताउनुभयो।कार्यक्रममा बिभिन्न सामाजिक संस्थाका प्रमुख एवं प्रतिनिधिहरूले संक्षिप्त मन्तव्य दिँदै नारी दिवसको महत्व एवं फाउन्डेशनका गतिविधिहरूको प्रशंसा गर्नुभएको थियो।सो कार्यक्रममा प्रमुख अतिथिको रूपमा आफु उपस्थित हुन नसकेकोमा क्षमा माग्दै वाशिंगटन स्थित अमेरिकी सिनेटका डेमोक्रेटिक दलता नेता माननिय चक सुमरले फाउन्डेशन परीवारको सामाजीक कार्यको उच्च मुल्यांकन गर्दै विशेष सम्मानपत्र वहाँको सचिवालय मार्फत हस्तान्तरण गरीएको थियो। यसैगरी न्युयोर्क राज्य गभर्नर क्याथी होचुल, न्युयोर्क राज्य कम्पट्रोलर थोमस डी नापोली, न्युयोर्क मेयर कार्यालय, न्युयोर्क शहर सार्वजनिक अधिवक्ता जुमाने विलियम्स, न्युयोर्क शहर कम्पट्रोलर ब्राड ल्यान्डर, कांग्रेसमेम्बर ग्रेस मेगं, न्युयोर्क राज्य ऐसेम्ब्ली मेम्बरहरु क्रमश: स्टीभन रागा, केटालीना क्रुज, जेसिका गोन्जालेज रोहास लगायत विभिन्न निर्वाचित अधिकारीहरूले आफ्ना तर्फवाट फाउन्डेशनको सामाजीक कार्यको उच्च मुल्यांकन गर्दै समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउने दर्जनौं महानुभावहरूलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो।

कार्यक्रमको संचालन एवं उद्घोषण पुजा कुँवर र सोफिया मोक्तानले संयुक्त रूपमा गरेका थिएभने फाउन्डेशनका तर्फवाट महासचिव छिरींग राप्के लामाले उपस्थित प्रमुख अतिथि लगायत सबै महानुभावहरूमा स्वागत मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो।अध्यक्ष सोमनाथ घिमीरेले आमन्त्रित अतिथीगणको स्वागत एवं मन्तव्यदाताको आमन्त्रणमा सहजता प्रदान गर्नुभएको थियो।कार्यक्रम अत्यन्त सफलतापूर्वक संपन्न भएको र यसरी सम्पन्न गर्न आफुहरूको पुरै टीमको साथ रहेको भन्दै अध्यक्ष घिमीरेले उपाध्यक्ष सुवर्ण लामा, महासचिव छिरींग राप्के लामा, प्रवक्ता एवं कार्यसमिति सदस्य रामचन्द्र अधिकारी, कार्यसमिति सदस्यहरू क्रमशः सुर्य सिंखडा, ध्रुव कुँवर क्षेत्री, प्रेम अधिकारी क्षेत्री, भावना सिंमखडा र रेखा श्रेष्ठको अथक खटाईको उच्च प्रशंसा गर्दै एकता नै बल हो भन्नेकुरा प्रमाणित भएको बताउनुभयो ।अध्यक्ष घिमीरेले कार्यक्रम प्रायोजन गर्न आर्थिक, भौतिक एवं नैतिक समर्थन गर्ने सबैलाई फाउन्डेशनका तर्फवाट धन्यवाद टक्रयाउँदै उपस्थित सबैमा फाउन्डेशन परीवारको तर्फवाट आभार प्रकट गर्नुभएको थियो।से कार्यक्रममा खानाको प्रायोजन एवं व्यवस्थापन टेष्ट अफ नेपालका प्रोपाईटर एवं फाउन्डेशनकी कार्यसमिति सदस्य रेखा श्रेष्ठले गर्नुभएको थियो भने सहप्रायोजन स्थानीय भान्छाघर रेष्टुरेन्टकी प्रोप्राईटर विमला हमाल श्रेठ, बाजेको सेकुवाका प्रोप्राईटर पदम गुरुंग एवं गोर्खाली रेष्टुरेन्टकी प्रोप्राईटर ज्ञानु थापाले गर्नुभएको थियो।कार्यक्रम सहजतापुर्वक सम्पन्न गर्न फाउन्डेशनका आजीवन सदस्यहरू अम्बीर जोशी, राजु रौनीयार, शेखर कार्की, राजीव बतास लगायतका दर्जनौ सदस्यहरू व्यवस्थापनमा निरन्तर खटीनुका साथै अतिथिहरूलाई व्याच र मुख्यद्वारमा रजिस्ट्रेशन गर्न स्वयंसेवकको रूपमा सुश्री सवीना पौडेल र सुश्री जानबी खत्री खटीनुभएको थियो।

कार्यक्रम अत्यन्त सफल भएको र प्रवासमा गरीएका आम कार्यक्रममध्येमा बहुराष्ट्रीय, समावेशी एवं उत्कृष्ठ कार्यक्रम रहेको आफुहरुले महसूस गरेको भन्दै बिभिन्न संस्थाका प्रतिनीधीहरु क्रमश: बर्मा पोईन्टका संस्थापक अध्यक्ष को मो चेन, शेर्पा किदुग अमेरिका का महासचिब सांग दोर्जे शेर्पा, गुरुंग (तमु) सोसाईटी अमेरिकाका अध्यक्ष ओम गुरुंग, महिला अधिकार नेतृद्वय नेभिदीत्ता चन्द्रपा र बिनीता तामांग, तमु परिवार न्युयोर्ककी अध्यक्ष मनिता गुरुगं, ईन्डीयन अमेरिकन समाजका नेतात्रय जपनित सिंह, डाक्टर पल्लभी पटेल र डाक्टर मिरियम सिंह, क्यारिबियन अमेरिकन नेत्रीद्वय भेरोनिका स्पेन्सर र सेरी विलियम्स, फिलीपिनो अमेरिकन नेत्रीद्वय लारा ग्रेगोरी र सिसिली लाय, चाईनिज अमेरिकन नेत्रीद्वय टिना युआन र एन्जी याओ, अजरबैजीनी अमेरिकन नेत्री मेहरीबान नसीब हाकीमोबा, मिस ईमीग्रेन्ट युएसकी अध्यक्ष मग्दालिना कुलिज, साउथ अफ्रीकन अमेरिकन नेत्री गुगु मखारी, भेटनामीज अमेरिकन नेत्री लाना टु, नेपाली अमेरिकन कलाकार संघकी अध्यक्ष बसन्ती राई, युनाईटेड किरात राई ओर्गनाईजेसनका उपाध्यक्ष केशव राम राई, बंग्लादेसी अमेरिकन नेत्रीद्वय शेख सादिया अफ्रीन र मनिका रोय चौधोरी, बंगाली क्लव यु एस ए का अध्यक्ष दिनेश मजुमदार, माईनोराटी ऐम्पावरमेन्टकी कार्यकारी निर्देशक श्रेया तुलाधर, हिस्पानिक नोटिसीयास न्युयोर्कका अध्यक्ष माउरो क्विनटाट्स, मिस नेपाल नोर्थ अमेरिका २०२३की विजेता जुबिली शेर्पा, लंग आईलेण्ड नेपाली समाजका अध्यक्ष राजन गौली, मकाई हाउस मिडिया/टिभीका संस्थापक अध्यक्ष बिक्की पुलामी, गोबिन्द डान्स सेन्टरका संस्थापक अध्यक्ष वरिष्ठ कलाकार गोबिन्द राई, लोकप्रिय हास्यकलाकार एंव जादुगर माहादेव त्रिपाठी लगायतले बताउनुभयो।यस कार्यक्रमका प्रायोजकहरु क्रमश: ल अफिस अफ गिरीजा गौतम, ल अफिस अफ केशब राज सेडाई, ल अफिस अफ रमेश श्रेष्ठ, ऐसेन्स स्माईल्सकी अध्यक्ष डा. शुलोचना गुरुंग, लामा एकाउन्टींगका अध्यक्ष नामग्येल लामा, बुध्द ट्याक्सका अध्यक्ष पशुपती श्रेष्ठ, नेपाल ज्वेलर्सका अध्यक्ष दिनेश सेन्चुरी र किंग्सलेन्ड फुडकी अध्यक्ष एन्जी यायो हुनुहुन्थियो।