उपभोक्ता ठग्नेलाई कारवाही : ग्रील तथा स्टिल व्यवसायी महासंघ लुम्बिनी 

प्रकाशित मिति:

बुटवल,११ चैत ।   ग्रील तथा स्टिल व्यवसायी महासंघ लुम्बिनी प्रदेश समितिले उपभोक्तामाथि ठगी गर्ने व्यवसायीलाई कारवाही गर्ने निर्णय गरेको छ । बुटवलमा बसेको प्रदेश समितिको वैठकले उपभोक्ताको हितलाई पनि व्यवसायीले उच्च प्राथमिकतामा राखेर यस्तो निर्णय गरेको हो । ‘मेटल,आल्मुनियम र स्टील सम्बन्धी काम गर्दा गुणस्तरहीन काम गर्ने, सस्तो गर्छु भनेर तौलमा ठग्ने, स्याक्वायर फुट र रनिङ्ग फिटमा ठग्ने काम भएको उपभोक्ताबाट उजुरी र गुनासा आएपछि महासंघले नै कारवाहीको लागि प्रकृया अघि बढाउने निर्णय गरेको हो’– प्रदेश अध्यक्ष अशोक बर्माले भने–‘पेशालाई बदनाम गर्ने, उपभोक्तालाई ठग्नेलाई कार्यवाहीको दायरामा ल्याउंछौं र उपभोक्तालाईई ठगिनबाट जोगाउंछौं ।’ आफू ठगिएको थाहा भए उपभोक्ताले प्रदेशका १२ वटै जिल्लामा रहेका महासंघको प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरुलाई निवेदन वा उजुरी गर्न मिल्ने अध्यक्ष बर्माले बताए ।
वैठकले उद्योगीले सिंगल फेजको विद्युत लाइनमा उद्योग संचालन गर्न नपाइने , तौल गर्दा ढुङ्गा , फुटेको ढक बाट जोख्न नपाइने , स्थानीयस्तरमा मात्र दर्ता गरेर उद्योग संचालन गर्न नपाइने छै, सस्तोमा काम गर्छु भनेर गुणस्तरहीन काम गरी तौल , स्क्वायर फुट र रनिङ्ग फुटमा उपभोक्तालाई ठग्न नपाइने निर्णय गरेको छ ।
उपभोक्ताको निवेदन लिने निर्णय गरेको छ । व्यवसायिक संघ संस्थाले उद्योगी व्यवसायीको मात्र फाइदा हेर्ने नभई उपभोक्तालाई गुणस्तरीय सेवा दिने र मूल्यमा ठगी नगर्ने दायित्व पनि भएकाले यो अभियान लुम्बिनी प्रदेशसंगै सातै प्रदेशमा सञ्चालन गर्ने महासंघका केन्द्रीय उपाध्यक्ष समेत रहेका बर्माले बताए ।