बित्तीय साक्षरता क्रायक्रम सम्पन्न

प्रकाशित मिति:

आरम्भ चौतारी लघुबित्त बित्तीय संस्था लिमिटेड, शाखा कार्यालय लालमटियाले बिश्वब्यापी रुपमा मनाउदै आएको “ग्लोबल मनी विक” को १२औ संस्करण “बित्तीय साक्षरता कार्यक्रम” गरि सम्पन्न गरेको छ ।

संस्थाका लुम्बिनी प्रदेश प्रमुख अमरनाथ सेढाईको अध्यक्षता, राप्ती गाउँपालिका वडा न २ का सचीव सिता भण्डारीको प्रमुख आतिथ्यता, इलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरी सहायक इन्चार्ज राजेश केसीको बिशिस्ट अतिथ्यता, लघुबित्त मन्च दाङ्गका अध्यक्ष दिपेश पुन मगरको अतिथ्यतामा विभिन्न बुद्धिजीवी, समाजसेवी, उद्योगी व्यापारी गरि १०५ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमको सन्चालन लालमटीयाका शाखा प्रबन्धक रमिता पुन मगर तथा संस्थाका लुम्बिनी प्रदेशका कार्यक्रम अधिकृत गिता राउतको स्वागत मन्तव्य रहेको थियो ।