सडकलाई दुलही झै सिंगारी बुटवलमा सडक खाना महोत्सव

प्रकाशित मिति:

यमलाल भुसाल
बुटवल १६   पौष
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा अग्रेजी नयाँ वर्षको अवसर पारेर बुटवलमा आईतवार देखि प्रथम सडक खाना महोत्सव शुरु गरिएकोे छ ।
सडक खाना महोत्सवमा जातिगत रुपमा थारु , मगर ,थकाली, गुरुङ्घ ,क्षेत्री ,नेवार समुदायका खानाका परिकाहरु सडकमै पकाएर खुवाईने भएकाले यसक्षेत्रको रौनकनै पृथक देखिएको छ । सडक खाना महोत्सवमा नेपाली जातिगत खाना वाहेक इण्डियन चाईनिज,जापानिज,इटालियन र थाई खाना तथा अन्य खानाका ५० बढी परिकार राखिएको छ ।
अतिथि देवो भव पर्यटकको स्वागत सत्कार हाम्रो शान,पर्यटन प्रवद्र्धन र विकास हाम्रो अभियान ,सडकमै खाऔं सडकमै नाचौं सडकमै रमाऔं भन्ने मुल नाराका साथ शुरु भएको सडक खाना महोत्सवको एक विशेष समारोहका बीच प्रदेश नं ५ का उद्योग पर्यटन बन तथा वातावरण मन्त्री लिला गिरीले उदघाटन गर्नु भयो ।
आन्त्तरिक तथा वाह् पर्यटकलाई बुटवलमा भित्राउन र यस क्षेत्रको खानपानकाका वारेमा जानकारी गराउन सडक खाना महोत्सवले महत्वपूर्ण टेवा पुराउने मन्त्री गिरीले बताउनु भयो ।
बुटवल उपमहानगरपालिका वडा नं. ९ र ११ अन्तर्गत पर्ने मिलनचोक तिनकुने देखि होराईजनचोक सम्मको सडकलाई दुलही सरह सिगारिएको छ । सडकलाई सिगारिएर मनमोहक बनाईएकोले दर्शकहरुको मन लोभ्याउने विश्वास आयोजकले लिएका छन ।

सडक खाना महोत्सवमा यस क्षेत्रका होटलले दिने सेवा सुबिधाहरुको बारेमा जानकारी गराउनुका साथै विभिन्न जातीगत खानपान र जातीय संस्कृति झल्किने भेषभुषाको प्रदर्शन गरिएको संघका अध्यक्ष समुन्द्र जिसीले बताउनु भयो ।
महोत्सवको उदघाटन समारोहमा प्रदेस सभासद दधिराम शर्मा बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदी, होटल व्यवसायी महासंघका सस्थापक अध्यक्ष माधव नेपाल ,उद्योग व्यापार संगठनकी केन्द्रिय सदस्य गीता अन्जान, नेकपाका गोपाल भटृराई बावुराम पन्थी, नेपाली काँग्रेसका खेलराज पाण्डे , बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उज्जल कसजू, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक दिल बहादुर मल्ल लगायतले सडक खाना महोत्सवलाई हरेक वर्ष संचालन गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

सडक खाना महोत्सव यस क्षेत्रमै नौलो भएको र अन्य मेला महोत्सव भन्दा पृथक रहेको छ ।आईतवार सडक खाना महोत्सवको प्रचारात्मक जनचेतना ¥याली निकालिएकामा नेवा समाज अर्धाखाची प्रथम, सखिया थारु द्धितीय, थकाली सेवा समाज तृतिय र क्षेत्री समाज सान्तोना भै पुरस्कृत गरिएको मुल्याकन समितिका संयोजक महेन्द्र श्रेष्ठले बताउनु भयो ।
महोत्समा करिब ५० हजार दर्शकहरुले अवलोकन गर्ने र ५० लाखको कारोबार हुने लक्ष्य आयोजकले लिएका छन । महोत्सव अवधीमा आगन्तुक पाहुनाहरुलाई आवासमा २० प्रतिशत र खानामा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।
खानाका परिकाका साथै महोत्सवमा जातजातिका कला संस्कृति झल्कने खालका नाचगान ,हास्य व्यङ्घय कार्यक्रम र चर्चित डिजे ब्राण्डको प्रस्तुती रहने संघका महा सचिव माधव कुमार खनालले बताउनु भयो ।
महोत्सवको सह आयोजकमा म्यूजिक डेस्टिनी र प्रवद्र्धको रुपमा बुटवल उपमहानगरपालिका तथा मूख्य प्रायोजकको रुपमा जावलाखेल ग्रुप अफ इण्डष्ट्रिज रहेको छ ।