एनजी मार्केटको बम्पर उपहारमा योगेन्द्रले पाए डेढकरोडको घर,किया कार सहित ९९९ वटा पुरस्कार २०८१ भित्र वितरण गरिने

प्रकाशित मिति:

बुटवल,८ बैशाख । रुपन्देहीको मणिग्राममा सञ्चालित दुई अर्ब लागतको एनजी मार्केटले बम्पर उपहार विजेतालाई डेढ करोड मूल्य बराबरको घर बनाइदिने सम्झौतापत्र हस्तान्तरण गरेको छ ।
तिलोत्तमा १ ड्राइभरटोलका योगेन्द्र बस्नेतले उक्त पुरस्कार जितेका हुन् । शनिबार एक समारोहबीच मार्केटका अध्यक्ष नारायण बन्जाडे र सिईओ आभास बन्जाडेले बस्नेतलाई तिलोत्तमा ७ भलबारीमा १० धुर जग्गामा निर्माण हुने १ हजार ६ सय स्क्वायर फुटमा बन्ने साढे २ तले घर दिने सम्झौता पत्र हस्तान्तरण गरेका हुन् । मार्केटले एक हजार जना ग्राहकलाई दश प्रकारका उपहार दिने गरी गत वर्ष अफर ल्याएको थियो । एकपटकमा ५ हजार वा पटक पटक गरेर १० हजार रुपैयांको सामान खरिद गर्दा प्राप्त कुपनबाट लक्की ड्र मार्फत बस्नेतले पुरस्कार पाएका हुन् । बस्नेतले एनजी मार्केटमा चारपटकमा करिब ४० हजारको सामान खरिद गरेर ४ वटा लक्की ड्र कुपन पाएका थिए ।
डेढ करोडको घर पाउने भएपछि योगन्द्रले आफू भाग्यमानी भएको प्रतिक्रिया दिए ।
‘मैले चार पटकमा करिब ४० हजारको सामान किन्दा ४ वटा कुपन पाएको थिएं,त्यसमध्ये २०८० साउन ९ गते सामान किन्दा पाएको कुपनले मलाई डेढ करोडको घर दिलायो’ –उनले भने ।
कार्यक्रममा बोल्दै मार्केटका अध्यक्ष नारायण बन्जाडेले ग्राहकको सन्तुष्टीलाई पहिलो प्राथमिकतामा राखेर ब्राण्डिङ पनि गर्ने उद्देश्यले एक हजार वटा पुरस्कार वितरण गर्ने योजना रहेको बताए ।
सिईओ आभास बन्जाडेले बांकी ९९९ वटा पुरस्कार आगामी वर्ष २०८२ साल प्रारम्भका अवसरमा वितरण गर्ने बताए । ९९९ वटा पुरस्कारमा एक जनालाई किया ब्राण्डको कार, एक जनालाई रोयल इनफिल्ड ३५० सीसीको बुलेट मोटरसाइकल, एक जनालाई भेस्पा स्कुटरसमेत प्रदान गरिनेछ ।
यस्तै १५ जनालाई एक टन क्षमताको एयर कन्डिसनर, १५ जनालाई सिंगल डोर फ्रिज, १५ जनालाई टप लोड वासिङ मेसिन, २५ जनालाई ५५ इन्चको टेलिभिजन, १२५ जनालाई राइस कुकर र ८०१ जनालाई क्लोथ आइरन गरी १ हजार जना ग्राहकलाई उपहार प्रदान गरिने बन्जाडेले बताए ।