औंलो निवारणमा सरोकारवाला गम्भीर बन्नु पर्नेमा जोड

प्रकाशित मिति:

प्रकाश न्यौपाने
बैशाख १३
नवलपरासी । पश्चिम नवलपरासीमा औलो निवारणमा सरोकारवालाहरु गम्भीर बन्नु पर्नेमा जोड दिइएको छ । बिश्व औलो दिवसका अवसरमा स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले आयोजित अन्तरकृया कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालयका प्रमुख ओम प्रकाश पन्थीले सबै सरोकारवाला गम्भीर भएर लाग्नु पर्ने बताउनु भयो ।

गत बर्ष ८ जनामा औंलो रोग लागेकोमा चालु आर्थिक बर्षको चैत मसान्तसम्म १० जनामा औंलो रोगका बिरामी फेला परेका छन । सुनवल नगरपालिकामा ६ जना, रामग्राम नगरपालिकामा २ जना,  पाल्हीनन्दन र प्रतापपुर गाउपालिकामा १/१ जनामा औंलो रोग देखीएको छ । गत बर्ष बर्दघाट नगरपालिकामा ३ जनामा देखीएको औंलो यश बर्ष भने अहिले सम्म देखिएको छैन । भने सुस्ता र सरावल गाउपालिकामा हालसम्म नभेटिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख ओम प्रकाश पन्थीले जानकारी दिनु भयो । ” नवलपरासीमा गत बर्षको तुलनामा यस बर्ष बढेको छ त्यसको नियन्त्रणमा स्थानिय पालिका देखी सबै सरोकारवालाहरु लाग्नु पर्ने आवश्यकता रहेको छ ।” पन्थीले भन्नुभयो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्गका अध्यक्ष हरि शर्माले जिल्लालाई औलो निवारण गर्नेका लागि स्थानिय तहले प्रत्यक्ष भुमिका खेल्नु पर्ने बताउनु भयो । ” स्थानिय तह, नागरिक समाज र मिडियाकर्मी मिलेर जनचेतना बढाउन जरुरी छ ।” शर्माले भन्नु भयो ।

औंलो रोग लामखुट्टेको टोकाइबाट सर्ने बताउदै जनस्वास्थ्य निरीक्षक देवीलाल पौडेलले लामखुट्टेका ४ सय ३० प्रजातिका लामखुट्टे रहेकोमा ४३ जातका लामखुट्टेले औलो सार्ने सक्ने बताउनु भयो । ” अहिलेसम्म नेपालमा ४ प्रकारका लामखुट्टेको टोकाइले औलो सारेको पाइएको छ ।” पौडेलले भन्नुभयो । नेपाल सरकारले सन २०२५ मा स्थानीय औंला लाई शुन्यमा राख्ने र बहिर बाट आएकालाइ नियन्त्रण गर्ने लक्ष्य राखेको थियो तर आजसम्मको अवस्था हेर्दा यो लक्ष्य पूरा नहुने देखिन्छ ।

लुम्बिनी प्रदेशका १२ वटा जिल्लाहरु मध्ये रुकुम पुर्व बाहेक अरु ११ वटा जिल्लामा औंलोका बिरामी फेला परेका  छन   “औंलो विरुद्धको लडाइलाई तिब्रता दिऔ, समतामूलक पहुँचको सिर्जना गरौं” भन्ने नारा सहित बिश्व औंलो दिवस २०८१ मनाइएको छ ।

लुम्बिनी प्रदेशका १२ वटा जिल्लाहरु मध्ये रुकुम पुर्व बाहेक अरु ११ वटा जिल्लामा औंलोका बिरामी फेला परेका  छन । सबै भन्दा धेरै औलोका बिरामी बाकेमा रहेका छन ।