बुटवल ,२ जेठ । आरम्भ चौतारी लघुुवित्त वित्तीय संस्थाको अध्यक्षमा विनोद ज्ञवाली चयन भएका छन् । संस्थाका अध्यक्ष जगतबहादुर पोखरेलले कार्यव्यस्तताको कारण दिएको राजीनामा दिएपछि नयां अध्यक्ष पदमा ज्ञवालीलाई चयन भएका हुन् ।
संस्थाको सञ्चालक समितिको आइतबार बसेको बैठकले सञ्चालक समिति सदस्यहरु मध्येबाट अध्यक्षमा ज्ञवालीलाई चयन गरेको हो । अध्यक्ष ज्ञवाली बुटवलका स्थापित एवं प्रतिष्ठित व्यवसायी एवं सामाजिक व्यक्तित्व हुन् । नयां अध्यक्ष ज्ञवालीलाई संस्थाको तर्फबाट वधाई ज्ञापन गर्दै प्रमुख कार्यकारी अधिकृत शिवप्रसाद ज्ञवालीले उहांको कुल नेतृत्वबाट उहांको कार्यकालमा संस्थाले थप उचाई र सफलता हासिल गर्ने विश्वास लिएका छन् । संस्थाको केन्द्रीय कार्यालय बुटवलमा छ ।