नवलपरासीमा नेपालकै पहिलो माबी मदरसामा पाच बर्षमा सतप्रतिसत विद्यार्थी वृद्धि

प्रकाशित मिति:

प्रकाश न्यौपाने
असार २० गते
नवलपरासी । पश्चिम नवलपरासीमा नेपालकै सबै भन्दा पहिलो माध्यामिक तह (कक्षा१२सम्म) सञ्चालनमा रहेको मदरसामा विद्यार्थीको सख्या बढेको छ । बिगतको पाच बर्षको तथ्यांक हेर्दा मदरसामा शतप्रतिशतले बढेका छन ।

शैक्षिक सत्र ०६७/७७ मा २ सय ७ जना, ०७७/७८ मा २ सय ९४ जना, ०७८/०७९ मा ३ सय ४२ जना ०७९/८० मा ३ सय ७३ जना र हाल ०८०/८१ मा ३ सय ५८ जना विद्यार्थीहरु रहेका छन । यसरी यो तथ्यांक हेर्दा विद्यार्थीहरुको आकर्षण मदरसामा बढेको देखिन्छ । सात वटा पालिका रहेको  नवलपरासीका सातै पालिकाहरुका विद्यार्थीहरु पढ्ने गरेका छन । नवलपरासीसंगै छिमेकी जिल्ला रुपन्देहीको बुटवल र भैरहवा तथा कपिलवस्तु गरि तीन जिल्लाका विद्यार्थीहरु पढ्न मदरसा आउने गरेको मदरसा मदिनतुल ओलुम माध्यमिक विद्यालयका प्राध्यानाध्यापक अमिर आजम मियाले बताउनु भयो । “विद्यार्थीहरुको आकर्षक बिस्तार बढेको छ । नवलपरासी र छिमेकी जिल्लाहरुबाट विद्यार्थीहरु आउने र छात्रावासमा बसेर पढ्ने गरेका छन ।” आलमले भन्नु भयो ।

मदरसा मदिनतुल ओलुम माध्यमिक विद्यालय प्रतापुपर ०६ हरपुरमा ०६४ सालमा स्थापना भएको  यो विद्यालय मदरसा पढाई हुने नेपालकै पहिलो माध्यमिक विद्यालय हो । २०७८ देखी कक्षा १२ को पढाई सुरु भएको यस  मदरसाबाट २ वटा व्याचले कक्षा १२ को परिक्षा दिएका छन । नेपाली, अग्रेजी गणित, बिज्ञान अरबि, उर्दु र  दिनियातजस्ता बिषयहरु पढाइ हुने प्रध्यानाध्यापक मियाले उल्लेख गर्नु भयो ।

कक्षा १२ सम्म पढेका विद्यार्थीले धार्मिक परम्परा अनुसारका सबै काम गर्न मिल्छ र लोक सेवामा पनि प्रतिस्पर्धा गर्ने पाउने हुदा विद्यार्थीको आकर्षण बढेको बताउनु भयो । ” साधरण र धार्मिक दुबै तर्फका बिषयहरु विद्यार्थीले पढ्ने गर्दा विद्यार्थीमा बहुभाषाको ज्ञान हुन्छ । धार्मिक काम काज गर्न र लोक सेवा तथा अन्य विभिन्न संघ सस्था र लोक सेवामा प्रतिस्पर्धा गरेर निजामती जागीर खान समेत मिल्छ । यो कुरा धेरैले बल्ल थाहा पाउदैछ्न त्यसैले विद्यार्थीको संख्या बढ्दो छ ।”  मियाले भन्नुभयो । उच्च शिक्षाका लागि नेपालमा खुल्ला बिश्व विद्यालयबाट स्नातकतह सम्मको अध्ययन गर्ने सकिने मियाको भनाइ छ ।

विद्यार्थीको आकर्षक र चासो बढेको मदरसामा सरकारको भने ध्यान पुगेको छैन । मदरसामा पठनपाठन गराउने भवन र छात्रावास दुबै अत्यन्तै जिर्ण रहेका छन । सघिय सासद सरिता भुसालले स्थलगत अवलोकन गरेपछि पहलमा जिर्ण भवन निर्माणका लागि एक करोड रुपैया योजना पारेको बताउनु भयो  । ” यो मदरसा नवलपरासी मात्रै होइन देशको सान हो तर राज्य तवरबाट धेरै सहयोग गर्नु पर्ने आवश्यकता छ । मैले स्थलगत अवलोकन गर्दा भौतिक सरचना अत्यन्तै जिर्ण देखेकोले अगामी बर्षको भवन बनाउनका लागी योजना र बजेटको व्यवस्थापन गरेकि हु ।” भुसालले भन्नुभयो । राज्यले मदरसाको भौतिक र शैक्षिक एब ब्यवस्थापनको अपनत्व लिएर काम गर्नु पर्ने  भुसालको भनाइ छ ।

पश्चिम नवलपरासीमा करिब ४२ वटा मदरसाहरु रहेकोमा सबै भन्दा धेरै पल्हीनन्दनमा १४ वटा त्यसपछि प्रतापपुरमा ६ वटा मदरसा छन ।