बेलायतमा लेबर पार्टीलाई बहुमत, किअर स्टार्मर प्रधानमन्त्री बन्दै

प्रकाशित मिति:

लन्डन, असार २१ : बेलायतको आम निर्वाचनमा लेबर पार्टीले डेढ दशकपछि बहुमत ल्याएको छ। बिहीबार भएको आम चुनावको नतिजा पूर्णरुपमा आइनसक्दै लेबर पार्टीले बहुमत ल्याइसके छ।६५० सिटका लागि भएको आम निर्वाचित अहिलेसम्म लेबर पार्टीले ३५८ सिट जितिसकेको छ। सरकार बनाउनका लागि ३२६ सिट आवश्यक पर्छ।लेबरले १४ वर्षपछि बहुमत ल्याएसँगै ६१ वर्षीय कियर स्टार्मर बेलायतको नयाँ प्रधानमन्त्री बन्ने छन्। उनी सन् २०२० मा लेबर पार्टीको नेता चुनिएका थिए।

यता, वर्तमान प्रधानमन्त्री ऋषि सुनकको दल कन्जरभेटिभ पार्टी भने अहिलेसम्म ७६ सिट मात्र जितेकोको छ। त्यस्तै लिबरल डेमोक्रेटिक पार्टी ४८ सिटमा विजयी भएको छ ।लेबर पार्टीले ४०५ सिट जित्ने प्रक्षेपण गरिएको छ भने कन्जरभेटिभले १५४ र लिबरल डेमोक्रेटिक पार्टीलाई ५६ सिट प्राप्त हुने अनुमान गरिएको छ।सन् २०२२ अक्टोबरदेखि प्रधानमन्त्री रहेका कन्जरभेटिभ नेता ऋषि सुनकले आफ्नो पार्टीलाई चुनावमा अगुवाइ गरे पनि नराम्रो पराजय भोग्नुपरेको छ । प्रधानमन्त्री सुनक भने रिचमन्ड र नर्थालर्टन सिटबाट विजयी भएका छन्।

थप समाचार