सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

प्रकाशित मिति:

काठमाडौं, साउन- साउन महिनाको दोस्रो दिन नेपाली बजारमा बुधबार सुनको मूल्यले फेरी नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ हजार रूपैयाँले बढेको छ।मंगलबार प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २ हजार रूपैयाँले बढेर १ लाख ४९ हजार ८ सय रूपैयाँमा कारोवार भइरहेको छ।आज तेजावी सुन प्रतितोला १ लाख ४९ हजार १ सय रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।आज चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलामा १ हजार ८ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी आज २० रूपैयाँले बढेर १ हजार ८ सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ।