मुल्य मान्यता र सहकारीले गर्न पाउने कामका वारेमा जानकार नहुदा सहकारीमा समस्या

प्रकाशित मिति:

बुटवल १३ बैशाख- सहकारीका संचालक र शेयर सदस्यहरुले सहकारीको मुल्य मान्यता र सहकारीले गर्न पाउने कामका वारेमा अनिवार्य जानकार हुनु पर्नेमा एक कार्यक्रममा सहभागिहरुले सुझाव दिएका छन । सोही उद्देश्यलाई साकार पार्न बुटवल उपमहानरपालिका वडा नम्बर ८ सुख्खानगरमा रहेको धौलागिरी बहुउद्देश्य सहकारी संस्थाले शनिवार सहकारी सञ्चालकहरुको लागि क्षमता अभिबृद्धि तालिम प्रदान गरेको छ । तालिम शुभारम्भ कार्यक्रममा बोल्दै सहकारीका संरक्षक, तिलोत्तमानगरपालिका नगर प्रमुख रामकृष्ण खाँणले केही सिमित सहकारीको कारण सिंगो सहकारी अभियान नै बदनाम भैरहेको भन्दै सहकारीको मुल्य मान्यता अनुसार सञ्चालनमा आएका सहकारीमा ठोस समस्या नभएको बताउनु भयो । सहकारीले सहकारीताबाट मानिसलाई मालिक बनाउने अभियानमा लाग्नुपर्ने भन्दै मेयर खाँणले सहकारीबाट नेतृत्व र व्यक्तित्व विकास हुने गरेको सुनाउनु भयो ।उहांले संचारकर्मीले वास्तविकतालाई ओझेलमा पारेर समाचार नवनाउन पनि आग्रह गर्नु भयो ।

देशभरमा ३० हजार भन्दा बढि सहकारी रहेको भन्दै उहांले जसमा ३५ प्रतिशत भन्दा बढि महिला सदस्यहरु रहेको कारण सबै सहकारीले महिला उद्यमशिलताको प्रर्वद्धनमा विशेष ख्याल गर्नुपर्ने सुझाव दिनु भयो ।सहकारीका प्रमुख सल्लाहकार तथा सैनामैना नरपालिका प्रमुख फणेन्द्र प्रसाद शर्माले सहकारीले बैंक भन्दा सहकारीताबाट काम गर्न आवश्यक रहेको बताउनु भयो । सहकारीले सामुहिक उद्यमशिलता प्रर्वद्धनको कार्यमा विशेष ख्याल गर्नुपर्नेमा जोड दिनु भयो। सहकारी सदस्यहरुको लागि भरोसाको केन्द्र बन्नुपर्ने सुझाव दिनु भयो।
कार्यक्रममा सहकारीका अध्यक्ष गोविन्द खनालले धौलागिरी सहकारी सरकारी मुल्य मान्यता अनुसार सञ्चालनमा आएको भन्दै यसमा कुनै पनि समस्या नभएको बताउनु भयो । सहकारीलाई बुझ्नको लागि सहकारी सञ्चालक सदस्यहरुले विशेष सक्रियातपुर्वक ध्यान दिन आवश्यक रहेको भन्दै सहकारीले उद्यमशिलता प्रर्वद्धनको कामलाई अगाडी बढाउने बताउनु भयो ।कार्यक्रममा सहकारीका तालिम संयोजक राजेन्द्र प्रसाद बस्यालको स्वागतमा भएको कार्यक्रममा सचिव ठाकुर घिमिरेको सञ्चालनमा भएको थियो । तालिममा बुटवल उपमहानरपालिका सहकारी शाखा प्रमुख गुणाखर खनालले सहजीकरण गदै सहकारीले अनिवार्यरुपमा गर्नुपर्ने कार्य, कर्जा प्रवाहको दर सहितका विषयमा प्रकाश पार्नु भएकोे थियो । तालिममा ४० जना भन्दाबढि सहकारी सदस्यहरुको सहभागीता रहेको थियो ।