पन्चनगरका महिलालाई करेसाबारी निर्माण सम्बन्धि तालीम

प्रकाशित मिति:

प्रकाश न्यौपाने
बैशाख २३ गते
नवलपरासी । एक घर एक करेसाबारी अभियान अन्तर्गत पञ्चनगरमा ४५ जना महिलालाई तालिम प्रदान गरिएको छ। बर्दघाट नगर प्रमुखका १२ अभियानमध्ये एक महत्वपूर्ण अभियान “एक घर, एक करेसाबारी” कार्यक्रम अन्तर्गत बैशाख २२ र २३ गते पञ्चनगर महिला कल्याण कृषि सहकारी संस्था बर्दघाट–९ को आयोजनामा दुई दिने तालीम सम्पन्न भएको छ।


बर्दघाट नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न उक्त कार्यक्रमले स्थानीय महिला सहभागिता र घरेलु कृषि उत्पादनमा वृद्धि गर्ने लक्ष्य लिएको छ । नगर प्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट नगरपालिकाले कृषिलाई सधैं प्राथमिकतामा राखेको उल्लेख गर्दै स्थानीय उत्पादन बढाउनु अहिलेको आवश्यकता भएको बताउनु भयो । “एक सयको चामल सकिनाका लागी पाँच सयको तरकारी चाहिन्छ ।” श्रेष्ठले भन्नु भयो ।


अधिकाश घरमा महिलाहरुले तरकारी किन्ने उल्लेख गर्दै नगर प्रमुख श्रेष्ठले घरेलु उत्पादनले महिलाहरुको हाट बजारमा जाने र तरकारी किन्ने खर्च समेत कम हुने हुदा खर्च घटाउने र महिलाहरुलाइ आत्मनिर्भरता बढाउने सहयोग गर्ने विश्वास व्यक्त गर्नु भयो ।


कार्यक्रममा वडा अध्यक्ष चन्द्रकान्त चापागाईंले करेसाबारीबाट आत्मनिर्भर बन्ने अभ्यास गर्नुपर्ने बताउनु भयो । “तालीममा सिकेका कुरा आफैंले व्यवहारमा लागू गर्नुपर्छ र अरुलाई पनि सिकाउनुपर्छ,” उहाले भन्नू भयो । उहाले मौसम अनुसार के लगाउने, कहिले लगाउने , कुन तरकारी लगाउने, कुन बीउ प्रयोग गर्ने भन्ने ज्ञानको प्रयोग गर्नुपर्नेमा जोड दिनु भयो ।


सहकारी संस्थाकी कार्यवाहक अध्यक्ष सुशीला पौडेलका अनुसार बर्दघाट नगरपालिका १ लाख र सस्थाले ४३ हजार गरि करिब १ लाख ४३ हजार रुपैयाको लागतमा सस्थाका सदस्यहरुलाई करेसावारीको दुई दिने तालिम प्रदान गरिएको बताउनु भयो । ” हामीले करेसाबारीको सीप युक्त तालिम दिनु का साथै कृषि उत्पादनका लागी सहयोग हुने कृषि औजारसमेत दिएका छौ। अध्यक्ष पौडेलले भन्नु भयो ।


दुइ दिने करेसावारी तालिममा सहभागी ४५ जना महिलाहरु सहभागी भएको सहकारीकि व्यवस्थापक शिला क्षेत्रीले जानकारी दिनु भयो । सहभागी महिलाहरुले आफ्ना घरमा करेसाबारीमार्फत तरकारी उत्पादन गर्ने प्रतिबद्धता जनाएका क्षेत्रीले बताउनु भयो । कार्यक्रमबाट सहभागी महिलाहरुमा उत्साह थपिएको छ भने नगरको समग्र कृषि उत्पादनमा टेवा पुग्ने अपेक्षा गरिएको छ। दुई दिन सम्म सञ्चालन भएको करेसाबारी निर्माण तालिमामा खुमाकान्त न्यौपानेले सहजीकरण गर्नु भएको कार्यक्रमको सञ्चालन सहकारीकि सचिब सावित्री मिश्रले गर्नु भएको थियो ।