बुटवल, २६ बैशाख । विश्वप्रसिद्ध मोटरसाइकल ब्रान्ड ट्रायम्फ अब बुटवलमै उपलब्ध हुनेभएको छ। कालिकानगरस्थित बस्याल अटो कर्पले ट्रायम्फ नेपालको आधिकारिक बिक्रेताको रूपमा आजदेखि विक्री कक्षको औपचारिक शुभारम्भ गरेको छ। उद्घाटन समारोहमा बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले लुम्बिनी प्रदेशको आर्थिक केन्द्र बुटवलमा यस्तो अन्तर्राष्ट्रिय ब्रान्डको डिलरशिपले मोटरसाइकल पारखीहरूलाई नयाँ अनुभव दिलाउने विश्वास व्यक्त गनु भयो । उहांले मोटरसाइकलका पार्ट्स र सेवा सुविधासमेत सहज रुपमा उपलब्ध गराउन कम्पनी प्रतिबद्ध रहनुपर्नेमा जोड दिनु भयो ।
पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले ट्रायम्फ शोरुमको स्थापना बुटवलको आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने भन्दै, युवा पुस्ताको चाहनालाई मध्यनजर गर्दै नयाँ मोडेलहरुको उपलब्धताले बजारमा उत्साह थप्ने बताउनु भयो उहाले मोटरसाइकल प्रयोगकर्तालाई हेलमेटलाई आवश्यक सुरक्षाका रूपमा अंगिकार गर्नुपर्ने सुझावसमेत दिनु भयो ।ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले स्क्र्याबलर ४०० एक्स र स्पीड ४०० गरी दुई मोडेलका बाइकहरु इन्जिन, पिकअप र बीएचपीमा अन्य बाइक भन्दा बलिया, उत्कृष्ट इन्जिनियरिङ र सुरक्षित भएको बताए।थापाका अनुसार मोटरसाईकलमा ६ गियरसहितको इन्जिन,३७.५ न्युटन मिटर टर्कसहित पिकअप क्षमता र ब्रेक हर्स पावर ३९ रहेकाले जस्तोसुकै सडकमा सहजरुपमा चलाउन सकिन्छ। मोटरसाईकलमा इमोबिलाइजर यन्त्र जडान भएकाले कसैले चोरेर लैजान नसक्ने उनको दावी छ।
थापाका अनुसार स्क्र्याबलर ४०० एक्सको सिट हाइट ८३५ एमएम र स्पीड ४०० को सिट हाइट ७९० एमएम तथा दुबै मोडेलका बाइकमा १३ लिटर पेट्रोल ट्यांकी रहेका छन्। यसका साथै स्क्र्याबलर ४०० एक्स चार रंगमा र स्पीड ४०० तीन रंगमा उपलब्ध रहेका छन्।शोरुम उद्घाटनकै दिन १५ युनिट मोटरसाइकल बिक्री तथा डेलिभरी हुनु उपभोक्ताको उत्साह र विश्वासको संकेत भएको बस्याल अटो कर्पका सञ्चालक आकर्षक बस्यालले बताउनु भयो । उहांले दक्ष जनशक्तिसहित सेल्स, सर्भिस र स्पेयरको सुविधा उपलब्ध भएकाले अन्तर्राष्ट्रिय स्तरको सेवा अनुभव दिलाउने बताउनु भयो । बश्याल अटो कर्पका अध्यक्ष गोपाल बस्यालका अनुसार बेलायतबाट शुरु भएको ट्रायम्फ बाइक पछिल्लो समय भारतबाट उत्पादन र पश्चिम नवलपरासीको भूमहीमा एसेम्बल भइरहेको छ। कार्यक्रमको सञ्चालन केशवराज बश्यालको रहेको थियो