श्रीकृष्ण सिग्देल- स्याङ्जा । नेपालका विकास बैंकहरु मध्ये वित्तिय कारोवारमा सफलता हासिल गर्दै आएको गरिमा विकास बैंकले वातावणीय प्रर्यावरण जोगाउन बृक्षारोपण अभियान शुरु गरेको छ । देशभर बैकिङ्क संजाल रहेको गरिमा बैंकले धार्मिक, सांस्कतिक र वातावरणीय प्रर्यावरण जोगाउन वर, पिपल र स्वामीका बिरुवा बृक्षारोपण गरेको हो । धार्मिक र सांस्कृतिक रुपमा मानिदै आएका तीन बृक्ष पछिल्लो समय हराउने समस्या र यसका कारण वातावरणीय प्रर्यावरणमा समेत असर पर्न थालेपछि बैंकले देशभर बृक्षारोपण अभियान शुरु गरेको गरिमा विकास बैंकका अध्यक्ष दीलिपप्रताप खाँणले जानकारी दिए ।
स्याङ्जाको वालिङ १४ मा बैंकका अध्यक्ष खाँणले तीन बिरुवाको बृक्षारोपण शुभारम्भ गरेपछि विभिन्न ठाउँमा बृक्षारोपण शुरु गरिएको बैकले जनाएको छ । पहिलो चरणमा ७ ठाउँ र तीन जिल्लामा वर, पिपल र स्वामीका बिरुवा बृक्षारोपण गरिएको छ । गरिमा विकास बैंकका शाखा कार्यालयको संयोजनमा ७ क्षेत्रमा पहिलो चरणमा बृक्षारोपण गरिएको बैंकले जनाएको छ । कास्की, स्याङ्जा र दाङ् जिल्लाका ७ ओटा धार्मिक तथा पार्कहरुमा बृक्षारोपण सम्पन्न भएको गरिमा विकास बैंकको उपक्षेत्रिय कार्यालय वालिङका प्रमुख लेखनाथ भट्टराईले बताए ।
बैंकले कास्कीको पोखरा महानगरपालिकाको खोरथापे डाँडा—पुम्दीकोट र तुल्सीघाट पोखरा, स्याङ्जाको चापाकोट नगपालिकाको शिलतटार पार्क, वालिङ स्थित गह्रौकालिका मन्दिर, भीरकोट नगरको छाङ्छाङ्दी मन्दिर परिषर र वालिङ नगरको १४ वालिङ स्कुलर्स फाउण्डेसन क्षेत्रमा बृक्षारोपण गरिएको जनाएको छ । ग्रामिण क्षेत्रमा सडक लैजानेक्रममा अधिकांश क्षेत्रमा वर, पिपल र स्वामीका रुखहरु नासिएका थिए । जसका कारण मानवीय स्वास्थ्य सगँ प्रत्यक्ष जोडिने यी रुखहरु हराउन थालेपछि बैंकले यो अवधारणा अगाडी सारेको हो ।
अहिले बृक्षारोपण गरिएको क्षेत्रमा बिरुवा हुर्केपछि गरिमा चौपारी बनाउने लक्ष्य समेत रहेको गरिमा विकास बैंकका सिइओ माधव आचार्यले बताए ।
बैंकको सामाजिक उत्तरदायीत्व भित्र पर्ने वातावरणीय प्रर्यावरण जोगाउने लक्ष्य अनुसार धार्मिक बिरुवा बृक्षारोपण गरिएको उनले बताए । हरिवोधनी एकादशीको अबसर पारेर शुभारम्भ गरिएको यो अभियान देशभर संचालन हुने आचार्यले बताए । झण्डै ५ सय गरिमा चौपारी निर्माण गर्ने र उक्त चौपारीमा तीन धार्मिक बृक्षको शितलता प्रदान गराउने हाम्रो लक्ष्य रहेको बैंकले जनाएको छ । गरिमा विकास बैंकले जेष्ठ नागरिकका लागि गरिमा प्रतिक्षालय देखी सामुदायीक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक वितरण गरेर सहयोगी भुमिका खेल्दै आएको छ । विद्यालयमा शुद्ध खानेपानी देखी स्वास्थ्य सामाग्रीहरु सहयोग गरेर सामाजिक उत्तरदायीत्वमा उत्कृष्ट भुमिका खेल्दै आएको बैंकले यो पटक वातवरणीय प्रर्यावरण जोगाउन महत्वपुर्ण काम शुरु गरेको छ । वित्तिय कारोवार गरेर नाफा मात्रै कमाउने होइन, सामाजिक उत्रदायीत्वमा पनि भुमिका हुनुपर्छ भन्ने सन्देश गरिमा विकास बैंकले दिएको छ ।