बुटवलमा टिभीएसको एक्सचेञ्ज मेला — पुरानो बाइक दिनुहोस्, नयाँ बाइक छुटमा लिनुहोस्!
बुटवल, साउन ४ — नेपालका लागि TVS ब्रान्डको आधिकारिक वितरक बालाजी अटोमोबाइल्स, बुटवलले लुम्बिनी प्रदेशका ग्राहकहरूलाई लक्षित गरी ‘TVS एक्सचेञ्ज म्यानिया’ नामक विशेष अभियान ल्याएको छ। इटाभट्टा स्थित एसिएन पार्टी प्यालेसको अगाडि आयोजना हुने यो मेला साउन ४ गते आइतबारदेखि ९ गते शुक्रबारसम्म, अर्थात् ६ दिनसम्म सञ्चालन हुनेछ।
न्यूनतम रु. ३०,००० मूल्याङ्कन, थप छुट र ब्याजरहित किस्ता- बालाजी अटोमोबाइल्स बुटवलका सञ्चालक विशाल जैसवालले जानकारी दिएअनुसार, ग्राहकले जुनसुकै कम्पनीको पुरानो बाइक ल्याएर नयाँ TVS बाइक वा स्कुटरमा न्यूनतम रु. ३०,००० मूल्याङ्कन प्राप्त गर्न सक्छन्। यस अतिरिक्त रु. ८,००० सम्म छुट, ०% ब्याजदरमा किस्ताबन्दी, र इन्जिनमा लाइफटाइम वारेन्टीजस्ता विशेष सुविधा पनि प्रदान गरिनेछ।
१० भन्दा बढी भ्यालुएटर, पारदर्शी मूल्याङ्कन- कार्यक्रममा पुराना सवारीहरूको पारदर्शी मूल्याङ्कन गर्नका लागि १० भन्दा बढी अनुभवी भ्यालुएटरहरू खटाइने छन्। आयोजकका अनुसार मूल्याङ्कन यथार्थपूर्ण हुनेछ र पूर्वाञ्चलमै सर्वोत्तम एक्सचेञ्ज भ्यालु दिने विश्वास दिलाइएको छ।
सहभागी ग्राहकलाई विशेष गिफ्ट प्याकेज- मेलामा सहभागी हुने ग्राहकहरूका लागि विशेष गिफ्ट प्याकेजहरू समेत राखिएको छ, जसले कार्यक्रमलाई अझ रोमाञ्चक र ग्राहकमैत्री बनाउने छ। टिभीएसले यो अभियानलाई केवल बिक्रीको रूपमा होइन, ग्राहक सन्तुष्टिका लागि समर्पित सेवाको निरन्तरताको रूपमा अघि सारेको छ।
पूर्वी नेपालका ग्राहकका लागि सुनौलो अवसर- हाल नेपाली बजारमा TVS का २३ भन्दा बढी मोडेलहरू उपलब्ध छन्। यो अफर बुटवल, तिलोत्तमा, भैरहवा, कपिलवस्तु, सैनामैना, पाल्पा, गुल्मी लगायतका लुम्बिनी प्रदेशभरिका ग्राहकहरूका लागि सुनौलो अवसर बन्ने विश्वास आयोजकले लिएको छ। कार्यक्रममा लुम्बिनी प्रदेशका रिजनल म्यानेजर सुवास देवकोटा, र रिजनल अफिसर नविनकुमार साह समेतको विशेष सकृयता रहेको छ। टिभीएस ब्रान्डप्रति ग्राहकको आकर्षण अझ सशक्त बनाउने यो अभियानलाई आयोजकले सहज, सुरक्षित र भरपर्दो बनाउने बताएको छ।










