प्रकाश न्यौपाने
चैत १४ गते
नवलपरासी । पन्चनगर बजार विकास संस्थाको पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।निर्वाचन समिति संयोजक पुष्पराज अधिकारीका अनुसार संस्थाको अध्यक्षमा हेमलाल न्यौपानेको नेतृत्वमा १३ सदस्यीय समिती निर्बिरोध भएको हो ।
सस्थाको वरिष्ठ उपाध्यक्षमा सुजन खनाल, उपाध्यक्षमा सीता श्रेष्ठ, महासचिवमा विजय गिरी, सचिवमा पदमपानी आचार्य तथा कोषाध्यक्षमा टिकादेवी पौडेल निर्विरोध निर्वाचित भएका छन्।
त्यस्तै सदस्यहरूमा कमल पराजुली, सिद्धान्त श्रेष्ठ, सुनिल श्रेष्ठ, झबिन्द्र गौतम, डोलराज भुसाल, राधिका सुवेदी र लुमा सुवेदी चयन हुनु भएको अधिकारीले जानकारी दिनु भयो ।
कार्यक्रममा वडा नं. ९ का वडा सदस्य बालिन्द्र विक्रम शाहीले सर्वसम्मत नेतृत्वले सम्पूर्ण व्यवसायीहरूको भावना बुझ्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने धारणा राख्नु भयो । उहाँले नवनिर्वाचित कार्यसमितिलाई सफल र सृजनशील कार्यकालको शुभकामना दिदै ब्यवसायी कर्मलाई ब्यवस्थित बनाउन बजार बिकास समिती लाग्नु पार्ने आवस्यकता औल्याउनु भयो ।
कार्यक्रममा संस्थापक अध्यक्ष चन्द्रबहादुर श्रेष्ठ र निवर्तमान अध्यक्ष रामजी चापागाईंले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै संस्थाका अधुरा कार्यहरू सम्पन्न गर्न तथा व्यवसायीमैत्री वातावरण निर्माण गर्न सफल हुन आग्रह गर्नु भयो । नवनिर्वाचित अध्यक्ष हेमलाल न्यौपानेले स्थानीय सरकार तथा सरोकारवालासँग सहकार्य गर्दै संस्थालाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँकैले सबैको साथ र सहयोगमा आफ्नो नेतृत्व सफल बनाउने विश्वास व्यक्त गर्नु भयो ।
निर्वाचन समिति संयोजक पुष्पराज अधिकारीको नेतृत्वमा आत्माराम खनाल र नारायण गिरी सदस्य रहेका रहनु भएको थियो ।












