प्रेस युनियन नवलपरासीको नेतृत्वमा अनिल यादव निर्वाचित, अन्य सबै पदमा निर्बिरोध
प्रकाशित मिति:
परासी, भदौ १३
नेपाल प्रेस युनियन जिल्ला शाखा नवलपरासीको १०औँ जिल्ला अधिवेशन शनिबार परासीमा सम्पन्न भएको छ। अधिवेशनले अनिल यादवको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। अध्यक्ष बाहेक सबै पदमा सर्वसम्मत नेतृत्व भएकोमा अध्यक्ष पदमा भने चुनाव भएको थियो । अध्यक्ष पदमा कुल २७ मत मा १५ मत अनिल यादवले र १२ मत उमेश कुमार यादवले प्राप्त गर्नु भएको निर्वाचन सयोजक प्रकाश न्यौपानेले जानकारी दिनु भयो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा हुसेन अन्सारी, महिला उपाध्यक्षमा गीता भट्टराई, सचिवमा नन्दु यादव, सहसचिवमा खुर्सेद हजाम र कोषाध्यक्षमा संजय कुशवाह चयन भएका छन्। सदस्यमा सहवान मिया, सिकेन्द्र साहानी र श्याम बदन हरिजन चयन भएका छन्। त्यस्तै, प्रदेश महाधिवेशन प्रतिनिधिमा इन्द्र रेग्मी, रविन शर्मा चापागाईं, दीपक खनाल र नारायण सुवेदी तथा संघीय महाधिवेशन प्रतिनिधिमा हरि शर्मा, प्रकाश न्यौपाने, कल्पना भट्टराई, आरपी उपाध्याय, रविन्द्र यादव र उर्मिला यादव सर्वसम्मत चयन भएका छन् ।
कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य तथा केन्द्रिय प्रतिनिधि गोपाल भण्डारीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारिताको व्यावसायिकता र पत्रकारबीच एकताबारे वक्ताहरूले जोड दिएका दिनु भएको थियो । नया नेतृत्व चयनमा सहयोग गर्नु भएको भन्दै निर्वाचन सयोजकले नया नेतृत्वले सस्थागत बिकासमा काम गरि प्रेस युनियनलाई सफल बनाउने जिम्मेवारी रहेको उल्लेख गर्नु भयो ।








